थपिए ५३ जना कोरोना संक्रमित : ३५७ पुग्यो

  • ५ जेष्ठ २०७७, सोमबार
  • 1112 पटक पढिएको

काठमाडौं, ५ जेठ । स्वास्थ्य मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

CoronavirusFAQOpener

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् । हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् ।

हालसम्म परीक्षण अवस्था

३० हजार ७२३ पीसीआर
६९ हजार ५६० आरडीटी
बितेको २४ घण्टामा २ हजार ५५८ पीसीआर परीक्षण
बितेको २४ परीक्षण १ हजार ७९१ आरडीटी पर