स्वास्थ्य तथा यौन जानकारी
म्याग्दीमा कुष्टरोगका नयाँ विरामीको संख्या शुन्य
- 4 दिन अगाडि
- १५ माघ २०७९, आईतवार
म्याग्दी १५ माघ । म्याग्दीमा कुष्टरोगका नयाँ विरामीको संख्या शुन्यमा झरेको छ । दुई आर्थिक बर्षदेखि जिल्लामा कुष्टरोगका नयाँ विरामी पहिचान नभएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । ७० औँ विश्व कुष्टरोग दिवसका अवसरमा बेनीमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमा स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले जिल्लामा कुष्ठरोगका नयाँ विरामी पहिचान... पुरा पढ्नुहोस
लायन्स काठमाण्डौ आस्थाद्वारा विद्यार्थीलाई शैक्षिक पोशाक वितरण, स्थानीयको स्वास्थ्य परिक्षण
- 1 महिना, 22 दिन अगाडि
- २५ मंसिर २०७९, आईतवार
म्याग्दी, २५ मंसिर । लायन्स क्लव अफ माठमाण्डौ आस्थाले म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीलाई शैक्षिक पोशाक वितरण गरेको छ । काठमाण्डौ आस्थाले ज्ञानमन्दिर विद्यालयसंगै साझपानीमा रहेको देउराली आधारभूत र वडानम्वर ३ मालिकामा रहेका मालिका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक पोशाक... पुरा पढ्नुहोस
चिमखोलामा निःशुल्क दन्त उपचार शिविर सम्पन्न
- 3 महिना, 14 दिन अगाडि
- २ कार्तिक २०७९, बुधबार
म्याग्दी, २ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा निःशुल्क तीनदिने दन्त उपचार शिविर सम्पन्न भएको छ । हिमालयन परियोजना नेपालको आयोजनामा सञ्चालित शिविरमा १९७ जनाले दाँतको उपचार सेवा लिएका छन् । शिविरमा ५५ जनाको दाँत भर्ने, ९७ जनाको किराले खाएको दाँत झिक्ने, १८ जनाको दाँत सम्बन्धी उपचार, ४ जनाको दाँत... पुरा पढ्नुहोस
राखु भगवतीमा असोज २९ गते ‘निःशुल्क आँखा शिविर’ हुने
- 3 महिना, 21 दिन अगाडि
- २६ आश्विन २०७९, बुधबार
बेनी, २६ असोज । म्याग्दी प्रवासी नेपाली संघ मोना अष्ट्रेलियाले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा यही असोज २९ गते शनिबार निःशुल्क आँखा शिविर गर्ने भएको छ । मोना अस्ट्रेलिया, नेत्र ज्योती संघ म्याग्दी र मोना आईसीसीको आयोजनामा भगवतीमा निशुल्क आँखा शिविर आयोजना गरिएको हो । ग्रामिण भेगका जनतालाई लक्षित गरेर... पुरा पढ्नुहोस
श्राद्ध गर्ने रकम क्यान्सर रोगीको उपचारमा सहयोग
- 4 महिना, 20 दिन अगाडि
- २७ भाद्र २०७९, सोमबार
म्याग्दी २७ भदौ ।म्याग्दीकी एक मनकारी महिलाले पितृकार्य (श्राद्ध) मा खर्च हुने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गरेर उदाहरणीय काम गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुरा बाको श्राद्धको तीथि पारेर सोमबार (आज) पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २... पुरा पढ्नुहोस
क्यान्सर रोगबाट पीडित भगवतीका रिम विकलाई उपचारमा आर्थिक अभाव
- 4 महिना, 25 दिन अगाडि
- २२ भाद्र २०७९, बुधबार
म्याग्दी, २२ भदौ । पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २ राखु भगवतीका (मुलपानी) ४७ बर्षिय रिमबहादुर विकलाई उपचारमा आर्थिक अभाव भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी ) अस्पतालमा उपचारत विकलाई उपचारमा आर्थिक समस्या भएको हो । विगत एकबर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारको क्रममा गत जेठ... पुरा पढ्नुहोस
स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा दोस्रो स्थानमा
- 4 महिना, 25 दिन अगाडि
- २२ भाद्र २०७९, बुधबार
म्याग्दी २२ भदौ । स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा उत्कृष्ट स्वास्थ्य कार्यालयहरु मध्ये दोस्रो स्थानमा घोषित भएको छ । आर्थिक बर्ष २०७८/२०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न जनस्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाहरु मध्ये स्वास्थ्य कार्यालय म्याग्दीले दोस्रो स्थान हासिल गरेको हो । जनस्वास्थ्य... पुरा पढ्नुहोस
स्वास्थ्य कार्यालयको बार्षिक समिक्षा
- 5 महिना, 5 दिन अगाडि
- १२ भाद्र २०७९, आईतवार
बेनी, १२ भदौ । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८/०७९ मा भएका स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय बार्षिक समिक्षा गोष्ठी गरेको छ । दुईदिनसम्म संचालन हुने समिक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय, बेनी अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र स्थानीय तहका स्वास्थ्य संयोजक तथा सहसंयोजकहरुको सहभागिता रहेको छ । कार्यालयको बार्षिक गतिविधि कार्यालय प्रमुख... पुरा पढ्नुहोस
डेंगु रोगबाट बच्ने एकमात्र उपाय
- 5 महिना, 9 दिन अगाडि
- ८ भाद्र २०७९, बुधबार
रोजीना महर्जन /एडिस जाति (एजिप्टाई र अल्बोपिक्टस) का पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरू हुन् । एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु... पुरा पढ्नुहोस
म्याग्दी अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारलाई ७१ लाख बढी भुक्तानी
- 6 महिना, 2 दिन अगाडि
- १५ श्रावण २०७९, आईतवार
म्याग्दी, १५ साउन । निर्माण व्यवसायीहरुले समयमै काम नसक्ने र निर्माणधीन संरचना अलपत्र पार्ने नेपालमा नौलो हैन । निर्माण व्यवसायीले भवन अलपत्र पारेपछि भुक्तानी रोकेर कार्वाही समेत भएका छन् । तर म्याग्दीको एक अस्पताल भवन अलपत्र पार्ने निर्माण व्यवसायीलाई सम्झौता भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ । म्याग्दीको... पुरा पढ्नुहोस