स्वास्थ्य तथा यौन जानकारी
दाँतमा किरा लागे यसो गर्नुहोस्…
- 7 बर्ष, 7 महिना अगाडि
- ९ बैशाख २०७४, शनिबार
दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ, मेडिकल भाषामा यसलाई इनामेल भन्छौं । दोस्रो तह इनामेलभन्दा भित्रको तह, जसलाई हामी ‘डेन्टिन’ भन्छौं । इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ । र, तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो, जसलाई हामी ‘पल्प’ भन्छौँ... पुरा पढ्नुहोस
छारेरोग शिविरबाट ४६ जना लाभान्वित
- 7 बर्ष, 8 महिना अगाडि
- ९ चैत्र २०७३, बुधबार
म्याग्दी, ९ चैत । नेपाल छारेरोग संघको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा बुधबार सम्पन्न निःशुल्क छारेरोग शिविरमा ४६ जना लाभान्वित बनेका छन् । छारेरोगबाट पिडित भएका विरामीहरुको उपचार र यस रोगबारे जनचेतना फैलाउनका लागि विशेषज्ञ डाक्टरहरु ल्याएर शिविर गरिएको शिविरका संयोजक चित्र तिलिजाले जानकारी दिनुभयो । छारेरोग सम्बन्धि समस्या भएका... पुरा पढ्नुहोस
महिलाको क्यान्सर उपचार निःशुल्क गरिँदै
- 7 बर्ष, 8 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
काठमाडौं- महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले निःशुल्क गर्ने भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेका प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन लागेको हो। महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले महिलाको प्रमुख समस्या क्यान्सर उपचारमा सघाउँदा सानो... पुरा पढ्नुहोस
उपत्यकामा स्वाइन फ्लुका बिरामी फेला
- 7 बर्ष, 8 महिना अगाडि
- २१ फाल्गुन २०७३, शनिबार
काठमाडौं, २१ फागुन । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले ललितपुरका एक पुरुषमा सो रोगको भाइरस पुष्टि भएको जानकारी दिए । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए... पुरा पढ्नुहोस
बेलायतको नि:शुल्क स्वास्थ्य सेवा उदाहरणीय
- 7 बर्ष, 9 महिना अगाडि
- १६ फाल्गुन २०७३, सोमबार
फाल्गुन १६, २०७३ । सबै नागरिकलाई निशुल्क उपचार गर्ने गरि सन् १९४८ मा खोलिएको बेलायतको स्वास्थ्य सेवाका आफ्नै विशेषता छन् । सरकारले स्वास्थ्यको जिम्मा लिएपछि आममानिसलाई निकै सुविधा छ । बेलायत सरकारले सन् २०१६मा करिब १३८ अर्ब पाउन्ड स्वास्थ्यमा खर्च गरेको छ, जुन कुल बजेटको १८ प्रतिशत हुन्छ । बेलायतमा... पुरा पढ्नुहोस
दिनमा ६ कप कफी पिउनेको कलेजो सुरक्षित
- 7 बर्ष, 10 महिना अगाडि
- ६ माघ २०७३, बिहीबार
पर्याप्त कफी पिउनु कलेजोको स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायक रहेको एक अध्ययनले देखाएको छ । इटालीका शोधकर्ताहरुका अनुसार दिनमा ६ कपसम्म कफी पिउनाले कलेजोको जटिल रोग लाग्ने खतरा कम हुन्छ । विश्वमा बढ्दै गएको मोटोपनाको समस्याले कलेजोमा समेत बोसो जम्ने समस्या अर्थात् फ्याटी लिभर डिजिजको खतरा बढ्दै गएको छ जुन निकै... पुरा पढ्नुहोस
काठमाडौंमा पत्याइनसक्नु यौनधन्दा
- 8 बर्ष, 3 महिना अगाडि
- २८ श्रावण २०७३, शुक्रबार
काठमाडौं, राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन्, यौनकर्मी ठगिन्छन् ।कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीच कुरा मिलाई नाफा खाने व्यक्ति’ दलाल हो भन्छ, नेपाली बृहत् शब्दकोश... पुरा पढ्नुहोस
बिहे गर्नुका पाँच फाइदा
- 8 बर्ष, 7 महिना अगाडि
- ७ बैशाख २०७३, मंगलवार
हँसिमजाकमा भन्ने गरिन्छ की बिहे भनेको त्यस्तो लड्डु हो जसलाई खाँदापनि मानिस पछुताउनु पर्छ र नखाँदा पनि पछुताउनु पर्छ । तर यति हुँदाहुँदै पनि अर्थात् मानिसलाई पछुतोमा पार्ने गरेपनि बिहेले मानिसलाई ती सबै कुरा दिन्छ जुन अरु दोश्रो चिजले दिन सक्दैन । बिहे गर्नुका धेरै फाइदा छन्, जुन यस्ता छन्:... पुरा पढ्नुहोस