विशेष
पुलाचौरको सेताढुङ्गामा महिलालक्षित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर
- 1 महिना, 7 दिन अगाडि
- १७ मंसिर २०८२, मंगलवार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार बेनी नगरपालिका ५ पुलाचौरको सेताढुङ्गामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा महिलाहरुमा हुने प्रजनन रुग्णता परीक्षण, उपचार तथा व्यवस्थापन सम्बन्धी शिविर सञ्चालन गरिएको हो । प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवामा ग्रामीण भेगका महिलाहरुको पहुँच वृद्धि गराउने उद्देश्यले... पुरा पढ्नुहोस
तोरीपानीमा ‘सयपत्री होमस्टे’ सुभारम्भ (फोटो फिचर)
- 1 महिना, 7 दिन अगाडि
- १७ मंसिर २०८२, मंगलवार
म्याग्दी १६ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा पर्यटकहरुको सहज र आरामदायी बसोबासका लागि घरबास (होमस्टे) सञ्चालन भएको छ । धौलागिरी आइसफल पदमार्गको प्रस्थानविन्दुको रुपमा रहेको तोरीपानीको नजिक रहेका धार्मिक पर्यटकीय स्थलहरु पछै, ढोलठान, केभहिल, जगन्नाथ, टोड्के लगायतका पर्यटकीय क्षेत्रहरुको भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर तोरीपानीका पाँच घरमा घरबास सञ्चालन... पुरा पढ्नुहोस
दुर्घटनामा परेर खोलामा फसेका चालकको उद्धार
- 1 महिना, 8 दिन अगाडि
- १६ मंसिर २०८२, सोमबार
म्याग्दी १५ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानी स्थित घुमाउनेभिरमा दुर्घटनामा परेर म्याग्दी खोलामा फसेका एक जनाको उद्धार गरिएको छ । गयराती करिब साढे २ बजेको समयमा भैरहवा देखि सिमेन्ट बोकेर आएको ग २ ख ०८४० नम्बरको ट्रक बेनी–दरबाङ सडकखण्ड अन्तर्गत घुमाउनेभीरको साँघुरो सडकबाट म्याग्दी नदीमा खसेर दुर्घटनामा परेको... पुरा पढ्नुहोस
विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला समापन
- 1 महिना, 9 दिन अगाडि
- १५ मंसिर २०८२, आईतवार
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा संचालित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला–२०८२ समापन भएको छ । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास संस्थाको संयुक्त सह–आयोजकमा आयोजित मेलामा प्रौढ भलिबल, पुरुष भलिबल, बास्केटबल, खुल्ला नृत्य... पुरा पढ्नुहोस
मल्कवाङबाट बेनी बस सेवा सञ्चालन
- 1 महिना, 9 दिन अगाडि
- १५ मंसिर २०८२, आईतवार
म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ। सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो। बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन्। धवलागिरि-५ मल्कवाङका वडाध्यक्ष अमर छन्तयालसहित... पुरा पढ्नुहोस
बेनी अस्पतालमा प्रदेश सरकारले एमजिडिपी डाक्टर हेमन्त बास्तोलालाई खटायो
- 1 महिना, 10 दिन अगाडि
- १४ मंसिर २०८२, शनिबार
बेनी, १३ मंसिर : प्रदेश अस्पताल बेनीमा प्रदेश सरकारले शल्यक्रिया मार्फत गरिने प्रसुति र सर्जरीको पनि सेवा दिन सक्ने एमजिडिपी डाक्टर खटाएको छ । स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले धौलागिरी अस्पताल बागलुङमा दरबन्दी भएका नवौ तहका डा. हेमन्त बास्तोलालाई प्रदेश अस्पताल बेनीमा मंसिर १० गते खटाएको हो ।... पुरा पढ्नुहोस
२३ औं जेसीजकप फुटबलको उपाधी केवि एकेडेमीलाई
- 1 महिना, 10 दिन अगाडि
- १४ मंसिर २०८२, शनिबार
म्याग्दी ,१३ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न २३ औँ अन्तर मा.वि. जेसीजकप फुटवलको उपाधि केवि एकेडेमी दरबाङले हात पारेको छ । बेनीको खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा बेनी सामुदायिकमाविलाई १ का विरुद्ध ३ गोल गर्दै केवि एकेडेमीले उपाधी चुमेको हो । केवि एकेडेमीले पहिलो पटक जेसीजकपको उपाधी हात... पुरा पढ्नुहोस
गुर्जा समाज काठमाडौंले बेलीबृज पुलको लागि १० लाख सहयोग गर्ने
- 1 महिना, 12 दिन अगाडि
- १२ मंसिर २०८२, बिहीबार
गुर्जाबाट काठमाडौं आई विभिन्न पेशा तथा व्यवसायमा आवद्ध गुर्जावासीहरुको साझा संस्था गुर्जा समाज काठमाडौंले गुर्जाको कम्जाखानी खोलामा निर्माण गरिने वेलिवृज पूलका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । १० वर्ष पहिले गुर्जाको समृद्धिका लागि सकेको योगदान गर्ने उद्देश्यले स्थापित यस समाजका अध्यक्ष लिलमाया छन्त्यालको अध्यक्षतामा सम्पन्न... पुरा पढ्नुहोस
बेनीमा २३ औं अन्तर मा.वि. जेसीजकप फुटबल प्रतियोगिता सुरु
- 1 महिना, 14 दिन अगाडि
- १० मंसिर २०८२, मंगलवार
म्याग्दी, ९ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा २३ औँ अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता सुरु भएको छ । मङ्सिर १३ गतेसम्म बेनीको खुलामञ्चमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न १९ विद्यालयले सहभागिता जनाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले विद्यालय तहमा... पुरा पढ्नुहोस
मंगलाको पर्यटकीय स्थल चाङ्गामा पत्रकार महासंघको घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम
- 1 महिना, 14 दिन अगाडि
- १० मंसिर २०८२, मंगलवार
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा सोमबार मंगला गाउँपालिका–५, अर्मनको चाङ्गामा घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुमा पुगेर त्यहाँको सम्भावनाबारे प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित चाङ्गामा पर्यटन प्रवद्र्धनको कार्यक्रम गरिएको हो । पत्रकार महासंघ म्याग्दीले... पुरा पढ्नुहोस