विशेष

एमाले केन्द्रीय सदस्यमा म्याग्दीबाट चार जनाको उम्मेदवारी

म्याग्दी, २९ मंसिर । काठमाण्डौमा जारी नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दीबाट चार जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । जिल्लाबाट हरिकृष्ण श्रेष्ठ, थममाया थापा, प्रकाश पौडेल र नरदेवी पुनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो । निवर्तमान जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले भुगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ ।... पुरा पढ्नुहोस

भिजिट भिसा प्रकरणमा छानविनमा तानिएपछि म्याग्दीका सीडीओ तिवारीको सरुवा

म्याग्दी, २९ मंसिर, । भिजिट भिसा प्रकरणमा अनुसंधानमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रि प्रसाद तिवारीको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीमाथि समेत भिजिट भिसा प्रकरणमा अनुसन्धान भइरहेको बताएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी खोस्दै मन्त्रालयमा तानेको बताईएको छ । गृह मन्त्रालय स्रोतका... पुरा पढ्नुहोस

मोवाइल खरिद गर्दा स्कुटर उपहार पाएपछि ……

म्याग्दी, २९ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा रहेको नरेश मोवाइल सेन्टरमा एक ग्राहकले मोवाइल खरिद गर्दा स्कुटर उपहार पाउनुभएको छ । युवा व्यवसायि नरेश श्रेष्ठले आफ्नो पसल ‘नरेश मोवाइल’ स्थापना भएको १३ बर्ष पुरा भएको अवसरमा ग्राहकलाई दिनुभएको मोवाइल खरिद गर्दा ‘लक्की ड्र’ को अवसरबाट मंगला गाउँपालिका– ३ बरंजाकी पुर्णकली... पुरा पढ्नुहोस

दिवंगत एक कुमार रिजालको परिवारलाई आर्थिक सहयोग

गत भदौ १४ गते राती बेनीस्थित कालीगण्डकी नदी किनारमा सवारी दुर्घटनामा परेर दिवंगत हुनुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– वडा नम्बर २ भगवती निवासी एक कुमार रिजालको परिवारलाई आर्थिक सहयोग गरिएको छ । तत्कालिन समयमा शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत रिजालको निधन भएपछि मुक्तिधाम माविका पूर्व विद्यार्थी र रिजालका साथिहरुले रु... पुरा पढ्नुहोस

बेनी बचत सहकारीको साधारणसभा,गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

म्याग्दी, २८ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाले गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेको छ । संस्थाको २५ औँ स्थापना दिवस तथा २४ औँ बार्षिक साधारणसभाको अवसरमा आइतवार संस्थाले बेनी नगरपालिका– ९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु ३० हजार एक सय आर्थिक... पुरा पढ्नुहोस

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी बेनी नगरपालिकालाई

म्याग्दी, २६ मङसिर : बेनीमा शुक्रबार सम्पन्न ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदक सहित बेनी नगरपालिका बिजयी भएको हो । आठ स्वर्ण, पाँच रजत र तीन कास्य... पुरा पढ्नुहोस

मगर संघ म्याग्दीको अध्यक्षमा खमबहादुर थापा मगर चयन

म्याग्दी, २६ मङ्सिर । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको अध्यक्षमा खमबहादुर थापा मगर चयन हुनुभएको छ । शुक्रवार बेनीमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट थापा मगरको अध्यक्षमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षमा विष्णु कुमारी रोका मगर, सचिबमा हिरा  पुन मगर, कोषाध्यक्षमा दुर्गा बुढा मगर,... पुरा पढ्नुहोस

गलेश्वर माविमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

म्याग्दी, २६ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा अन्तर माध्यमिक विद्यालय स्तरीय खुल्ला बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा रहेको युवा रेडक्रस सर्कलले ‘विद्यालय शिक्षामा एआइ र यसको भविष्य’ बिषयक वक्तृत्वकला प्रतियोगितामा म्याग्दी एकेडेमी सिंगाका शिखा केसी प्रथम,प्रकाश माविका सदिक्षा सुवेदी द्धितीय,लिटिल गार्डेन एकेडेमीका... पुरा पढ्नुहोस

धाैलागिरी पदमार्गकाे प्रवेशविन्दु ‘मुदीगाउँ’ पाहुनाको पर्खाइमा

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू। ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ । मगर समुदायको बाहुल्य... पुरा पढ्नुहोस

म्याग्दीमा महिलाको अवस्था : ‘राजनीतिक, सामाजिक र आर्थिक नेतृत्वमा सुधारोन्मुख’

कमल खत्री, म्याग्दी । म्याग्दीमा राजनीतिकि, सामाजिक र व्यवसायिक नेतृत्वमा महिलाहरुको सक्रियता बढ्न थालेको छ । केहि बर्ष अघिसम्म घरायसी कामकाजमा मात्रै सिमित हुने महिलाहरु अहिले भने राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हुन थालेका हुन् । मुख्य राजनीतिक दलहरुमध्ये नेकपा (एमालेको) जिल्ला कमिटीको पदाधिकारी र केन्द्रिय समितिमा समेत महिलाहरुको प्रतिनिधित्व... पुरा पढ्नुहोस