प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन
- ७ जेष्ठ २०८३, बिहीबार
- 9 पटक पढिएको
निर्माण कम्पनीले निर्धारित समय भित्रनै भवन निर्माण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताए । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवनमा कार्य प्रशासन शाखा, महिला, पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, ब्यारेक, शयनकक्षहरु छन् । यसअघि म्याग्दीमा जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका थिए । इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना, घार, पाखापानी, राखु भगवती प्रहरी चौकीको आफ्नै भवन छैन् । जग्गा प्राप्ति प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको प्रहरी महानिरीक्षक घर्ती क्षेत्रीले बताए ।


