विशेष

बाढीले सिंगा तातोपानीमा एक होटल बगायो

म्याग्दी, २६ भदौ । म्याग्दीको बेनी नगरपालिका– ४ तातोपानी स्थित लेतेखोलामा आएको बाढीले एक होटल बगाएको छ । रातभर परेको अबिरल बर्षाको कारण आएको बाढीले आज विहान करिब ४ बजे श्रीस होटेल एण्ड खाजा घरलाई पूर्ण रुपमा क्षति पु¥याएको हो । ठाडोखोलामा आएको बाढीले होटलको सबै संरचना पुरिएको प्रहरीले जनाएको... पुरा पढ्नुहोस

जेनजी आन्दोलनः म्याग्दीका सबै राजनीतिक दलका कार्यालयका सामान ताेडफाेड र आगजनी

  https://www.youtube.com/watch?v=-wG1Qw6k_g0 मंगलवार म्याग्दी सदरमुकाम बेनीमा आयोजित जेनजी आन्दोलनमा जिल्लामा रहेका सबै राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोट तथा सामानहरुमा आगजनी गरिएको छ ।सरकारले विद्यार्थी आन्दोलनमाथि गरेको चरम दमनको विरोध गर्नुका साथै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विप्लप नेतृत्वको नेकपा, राप्रपा, रास्वपा लगायतका पार्टी कार्यालयका सामान तोडफोड र आगजनी... पुरा पढ्नुहोस

वीरेन्द्रचोक टोल विकास संस्थाबाट छ जनालाई नागरिक सम्मान

म्याग्दी, २१ भदौ । म्याग्दी सदरमुकाम बेनीमा सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान पु¥याएका विभिन्न क्षेत्रका छ जनालाई नागरिक सम्मान गरिएको छ । सदरमुकाम बेनीमा रहेको वीरेन्द्रचोक टोल विकास संस्थाले शनिवार एक समारोहको आयोजना गरी समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेको हो । सम्मानीत हुनेमा कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रका... पुरा पढ्नुहोस

कालीगण्डकीमा वेपत्ता कुमारको ‘कुशको शव’ जलाएर अन्त्योष्टि, ९ बर्षका छोरा किरिया बसे

https://www.youtube.com/watch?v=VPBxZnLvcgQ   गत भदौ १४ गते शनिवारदेखि कालीगण्डकी नदीमा वेपत्ता भएका रघुगंगा गाउँपालिका–२ भगवती निवासी ३६ बर्षिय कुमार रिजालको एक सातासम्म पनि शव फेला नपरेपछि शुक्रवार ‘कुशको शव’ पुत्ला दहन गरी अन्त्योष्टि गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत एककुमार रिजाल र उहाँका साथी... पुरा पढ्नुहोस

वेपत्ता युवामध्ये हरी रिजालको शव कालीगण्डकी नदिमा फेला

म्याग्दी  २० भदौ ।म्याग्दी सदरमुकाम बेनीमा गत शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला सदरमुकाम बेनी स्थित कालीगण्डकी किनारमा निर्माण भएको चक्रपथमा दुर्घटनामा परेर वेपत्ता भएका बेनी नगरपालिका– ६ जामुनाखर्कका हरिप्रसाद शर्मा (रिजाल) को शव फेला परेको हो । बागलुङ नगरपालिका–१ मालढुङ्गा... पुरा पढ्नुहोस

मालिकाको छापमा निर्माण भएको सामुदायिक भवन उद्घाटन

छाप, १८ भदौ । म्याग्दीको मालिका गाउँपालिका–४ छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. १० लाख बजेटबाट स्थानीयबासीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि सञ्चालन गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष डम्मर रसाइलीले बताउनुभयो... पुरा पढ्नुहोस

अन्नपूर्ण पदमार्गमा ‘फुच्चे गुराँस’ पर्यटकका लागि आकर्षण

म्याग्दी, १८ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा ढकमक्क फुलेका ‘फुच्चे गुराँस’ पर्यटकहरुको लागि आकर्षण बनेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस पदमार्गको हुमखोलादेखि सुनखोलासम्मको क्षेत्रमा प्रशस्त मात्रामा जमिनकै सतहमा ढकमक्क फुल्ने गुराँस पाइने गर्छ ।... पुरा पढ्नुहोस

दुई युवा वेपत्ता घटना : बाइकको फ्युल ट्यांकी र एउटा जुता भेटियो

https://youtu.be/fEa0QGBMt90 म्याग्दी, १७ भदौ । म्याग्दी सदरमुकाम बेनीमा शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवाको कालीगण्डकी नदीमा गोताखोरको तालिमप्राप्त टोलीबाट खोजी गरिएको छ । शनिवार राती करिब ११ बजेदेखि एकैसाथ वेपत्ता भएका रघुगंगा गाउँपालिका– २ भगवतीका कुमार रिजाल र बेनी नगरपालिका– ६ जामुनाखर्कका हरिप्रसाद शर्मा (रिजाल) दुर्घटनामा परेको आशंकमा खोजी... पुरा पढ्नुहोस

रुख कटान आदेश नहुँदा प्रसारण लाइन निर्माणमा ढिलाइ

म्याग्दी। डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत–राहुघाट प्रसारणलाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ । सन् २०२५ को नोभेम्बर १६ सम्म काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ‘राइट अफ... पुरा पढ्नुहोस

बेनीमा सम्पर्क विहिन भएका दुई युवाको अवस्था अज्ञात

  https://www.youtube.com/watch?v=fEa0QGBMt90&t=15s   म्याग्दी, १६ भदौ । म्याग्दी सदरमुकाम बेनीमा शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवाको अवस्था पत्ता लाग्न सकेको छैन । रघुगंगा गाउँपालिका– २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका– ६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११ बजेदेखि सम्पर्क विहिन भएका हुन्... पुरा पढ्नुहोस