जेसीज सप्ताहको अवसरमा चार जना यूवालाई सम्मान

  • ९ जेष्ठ २०८३, शनिबार
  • 3 पटक पढिएको

म्याग्दी, ९ जेठ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी जेसीजले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका चारजना यूवालाई सम्मान गरेको छ । २८ औँ स्थापना दिवसको अवसरमा ब्यक्तिगत, ब्यवसायिक, सामुदायिक र अन्तराष्ट्रि«य क्षेत्रमा म्याग्दीलाई चिनाउन योगदान दिने यूवालाई सम्मान गरिएको हो । कार्यक्रममा कन्टेन्ट क्रियटर विविदजंग थापा , गण्डकी प्रदेशका महिला टिम भलिबल प्रशिक्षक मलिनकुमार रोका, होटल ब्यवसायी राजन लामा र स्वास्थ्यकर्मी एलिना पुर्जा पुनलाई सम्मान गरिएको हो ।

अन्तराष्ट्रिय क्षेत्रबाट थापा, व्यक्तिगत क्षेत्रबाट रोका, व्यवसाय क्षेत्रबाट लामा र सामुदायिक क्षेत्रबाट पुनलाई सम्मान गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरी भण्डारी, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, प्रहरी नायव उपरीक्षक राजन कार्की, म्याग्दी जेसीजका अध्यक्ष दिनेशकुमार विश्वकर्मा लगायतले दोसल्ला र कदरपत्रले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य जुग्जालीले समाजमा फरक क्षेत्रबाट चिनारी बनाउन सफल युवाहरुलाई गरिएको सम्मानले युवा पुस्तालाई सकरात्मक कर्ममा लाग्न प्रेरणा दिने बताउनुभयो । उहाँले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा म्याग्दी जेसीजले रचनात्मक कार्यहरु गरेको बताउँदै युवाहरु समाज रुपान्तरणको लागि अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य हरि भण्डारी, प्रअिज आचार्य, प्रहरी नायव उपरीक्षक कार्की, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, सम्मानित हुनेबाट रोका र पुनले मन्तब्य राख्नुभएको थियो । शाखा अध्यक्ष दिनेश विश्वकर्माको अध्यक्षता,स्वागत मुल संयोजक डेकमायाँ केसी र सञ्चालन महासचिव गोकुल विक र सहसचिव कपिल बानियाँले गर्नुभएको थियो ।

म्याग्दी जेसीजले स्थापना दिवसको अवसरमा आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत जेठ ९ गतेदेखि १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सप्ताहको अवसरमा २२ औँ अन्तरमावि रनिङ्गशील्ड नृत्य प्रतियोगिता, अन्तर विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता, रक्तदान, मेरो विद्यालय कार्यक्रम अन्तरमावि बक्तृत्वकला प्रतियोगिता, मैत्रीपूर्ण फुटसल लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।