म्याग्दी समाचार

राखुका मुटु रोगीलाई आर्थिक सहयोग

म्याग्दी, २६ जेठ । रघुगंगा गाउँपालिका –३ राखु कलेजाबाङ्गस्थित मुटु रोगी धन बहादुर सार्कीलाई करिब डेढ लाख सहयोग प्राप्त भएको छ । अमेरीकामा रहेका रोजी भण्डारी नेत्तृत्वको समुहले संकलन गरेको ४२ हजार लगायतको रकम रोजीको भाई इश्वर भण्डारीले मुटु रोगी सार्कीलाई हस्तान्तरण गरेका हुन् । त्यस्तै बैदेशिक रोजगारमा अमेरिकामा गएका... पुरा पढ्नुहोस

खिवाङमा नेकपाको कार्यकर्ता भेला

  म्याग्दी २६ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिवाङ शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकर्ता भेला सम्पन्न भएको छ ।भेलालाई सम्बोधन गर्नुहुदै नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सांसद भुपेन्द्रबहादुर थापाले सरकारले सुखी नेपाल र सम्बृद्ध नेपालको नारा तथा चुनावी घोषणा पत्र अनुसारनै आगामी आर्थिक वर्षको बजेट ल्याएको जानकारी दिनुभयो... पुरा पढ्नुहोस

साझपानीमा महिलाहरु सामुहिक खेतीमा

  भगवती २५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको साझापानीका महिलाहरुले सामुहिक खेती सुरु गरेका छन् । स्थानीय सिर्जनशिल आमा समूहको अगुवाइमा सामुहिक रुपमा व्यवसायिक मौसमी र बेमौसमी तरकारी खेती सुरु भएको हो । ३० जना महिलाहरु आवद्ध समूहको अगुवाईमा महिलाहरुको आयआर्जन वुद्धीका लागि तरकारी खेती सुरु गरिएको समूहकी अध्यक्ष... पुरा पढ्नुहोस

पशुपंक्षिको आहरा परिक्षण

बेनी २५ जेठ । म्याग्दीका कृषकहरुले पशु पंक्षिलाई खुवाउने आहराको शनिबार बेनीमा परिक्षण गरिएको छ ।  राष्ट्रिय पशु आहरा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाखाको घुम्ती टोलीले कुखुरा, गाईभैसी र बाख्रालाई खुवाउने आहराको नमुना परिक्षण गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कृषकहरुलाई ल्याएका दानाको नमुना परिक्षण गरिएको... पुरा पढ्नुहोस

बेनीमा गजल उत्सव

  म्याग्दी २५ जेठ । बेनीमा शनिबार गजल उत्सव भएको छ । म्याग्दी साहित्य सञ्चारको तेस्रो अधिवेशनको अवसरमा गजल उत्सवको आयोजना गरिएको हो । सो अवसरमा म्याग्दी, पर्वत, बागलुङ लगायत देशका विभिन्न ठाउँका दश जना साहित्यकारहरुले गजल बाचन गरेका थिए । सल्यानका सिपी खत्री, बागलुङका राम अबिरल, स्याङ्जाका मिलन समीर,... पुरा पढ्नुहोस

भगवतीमा स्वास्थ्य शिविर सम्पन्न

  म्याग्दी २५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा शुक्रबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट पाँच सय पचास जना भन्दा बढी लाभान्वित भएका छन् ।समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य सेवा कोषले हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग र रघुगंगा गाउँपालिकाको व्यवस्थापनमा दुई दिनसम्म शिविर सञ्चालन भएको थियो । रघुगंगा गाउँपालिकाको... पुरा पढ्नुहोस

सरकारले विकास यात्रा सुरु गरेको छ : मन्त्री थापा

म्याग्दी, २४ जेठ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले संघियता कार्यान्वयनसंगै विकास यात्रा सुरु गरेको बताएकी छन् । म्याग्दीमा क्रियाशिल पत्रकारहरुसंग भेटघाटमा मन्त्री थापाले सरकारले पहिलो बर्षमा संविधानको ऐन नियमअनुसार निर्देशिका बनाउन केन्द्रित रहेको जानकारी गराउदै आगामी बर्षदेखिनीति नियम कार्यान्वयनसंगै जनताकेन्द्रित विकास यात्रा सुरु गर्ने बताईन... पुरा पढ्नुहोस

सामुदायिक विद्यालयलाई ल्यापटप वितरण

भगवती २३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाका पाँच वटा विद्यालयलाई बिहीबार ल्यापटप उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रबिधिको पहुँच वृद्धी गरि प्रशासनिक र शिक्षण बिधिमा सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले १५ थान ल्यापटप वितरण गरिएको हो । दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले महादेव मावि बेगलाई... पुरा पढ्नुहोस

राखुभगवतीमा निः शुल्क आखाँ रोगको उपचार शिविर सुरु

धिरन खत्री म्याग्दी, २३ जेठ । ग्रामिण भेगका जनतालाई लक्षित गरेर रघुगंगा गाउँपालिकाका– २ स्थित राखु भगवतीस्थित भगवती स्वास्थ्य चौकीमा दूईदिने आखाँ शिविरि सुरु भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलाय अन्तर्गत राष्ट्रिय स्वास्थ्य कोषको आयोजना, हिमालयन आखाँ अस्पताल पोखराको सहआयोजना र रघुगंगा गाउँपालिको समन्वयमा दुईदिने आखाँ शिविर... पुरा पढ्नुहोस

सडकमा पहिरोले डोजर पुरिदा एक जना बेपत्ता

म्याग्दी २३ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा बिहीबार पहिरोले पुरिएर डोजर (एक्साभेटर) सहित एक जना वेपत्ता भएका छन् । गाउँपालिकाको केन्द्र मुना देखि मुदी गाउँ जोड्ने सडक निर्माणका क्रममा सिम्बाङको भिरमा पहिरो खस्दा वेपत्ता भएका हुन् । सडक खनिरहेको अवस्थामा खसेको पहिरोमा पुरिएर मुदीका ३१ वर्षीय सुविन पुन वेपत्ता... पुरा पढ्नुहोस