हाईड्रो भिलेज नारच्याङ

  • १२ भाद्र २०७६, बिहीबार
  • 2359 पटक पढिएको

 

म्याग्दी, १२ भदौँ । कृषि, पर्यटन र जलविद्युतमा प्रचुर सम्भावना म्याग्दीमा छ । जलविधुत क्षेत्रमा अन्नपुर्ण गाउँपालिका –४ नारच्याङमा १० वटा जलविद्युत आयोजना संचालित छन् । राउण्ड अन्नपूर्ण पदमार्ग अन्र्तगत पर्ने नारच्याङ दर्जनौँ हिमश्रृखला, मगर समुदायको कला संस्कृति, नारच्याङ्ग छहरा संगै अन्नपूर्ण प्रथमको आधारशिविर र जलविद्युत आयोजनाहरु भित्रिएसंगैे गाउँ हाइड्रो भिलेजको रुपमा चिनिएको हो ।

नारच्याङमा विसं २०४३ मा निर्माण सुरु भएर २०४४ देखि जिल्लामै पहिलो पटक विद्युत् वितरण थालेको २ मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजनाले जिल्लामै जलविद्युतको सम्भावनाको ढोका खोलेको थियो ।
अन्नपुर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बाग्ने निलगीरी अर्थात मिस्तिी र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत उत्पादनका लागी अहिलेसम्म नारच्याङ्गमा मात्रै करिब २९० मेगावाट क्षमताको १० वटा जलविद्युत आयोजना दर्ता भईसकेका छन् ।

अहिल्य गाउँमा भित्रीएका जलविद्युत आयोजना मध्ये ५ मेगावाट क्षमताको घलेम्दीखोला उत्पादनको अन्तिम चरणमा छ। भने ४२ मेगावाट क्षमताको मिस्तीखोला जलविद्युत् आयोजनाले सुरुङमा पुर्णत दिएको छ । भने अन्य पूर्वाधार निर्माणलाई तिव्रता दिएको छ ।

त्यसैगरि ३८ मेगावाटको निलगिरी, ६२ मेगावाटको निलगिरी क्यास्केट, १० मेगावाटको रेलेखोला जलविद्युत आयोजना नारच्याङमा १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, ५ मेगावाटको निलगीरी माथिल्लो, ५० मेगावाटको मध्य कालिगण्डकी जलविद्युत आयोजनाले नारच्याङ हाइड्रो भिलेजको सम्भावना उजागर गरेको हो ।

जलविद्युत आयोजनाहरुको आगमन संगै गाउँको सामाजिक तथा भौतिक पूर्वाधार विकासले समेत गति लिएको छ । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीका साथै अन्य सहायक खोलानालालाई जलविद्युतको क्षेत्रमा प्रयोग गर्दै जिल्लालाई मुलुककै ‘हाईड्रो हब’ बनाउने संकल्प गरिसकेको अवस्थामा नारच्याङमा दर्ता भएका जलविद्युत आयोजनाले जिल्लाको सकारात्मक सन्देश प्रवाह गरेको छ। ।

स्थानीय स्तरमा उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमत्ताको सब स्टेशन तथा ३८ किलोमिटर दुरीको दाना–खुर्कोट प्रशारण लाईन निर्माण कार्य तिव्रता पाएको छ ।

जलविद्यूत आयोजनाहरुले स्थानीयलाई रोजगारि र लगानीका अबसर सृजना गर्ने र दिर्घकालिन रुपमा समेत यसले गाउँको विकासमा सघाउने भएकाले स्थानीयस्तरबाट समेत जलविद्यूतको विकासको लागि आबश्यक वातावरण तयारमा सहजता देखाएक वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए ।

नारच्याङमा भित्रिएका जलविद्यूत आयोजनाहरुले रोजगारि र लगानीको अबसर मात्रै नभई स्थानीय विद्यालयहरुको पुर्वाधार विकास र सामाजिक कामहरुमा गाउँलेहरुलाई प्रत्यक्ष राहत मिलेको छ ।
समयमै आयोजनाहरु निर्माण भयो भने नारच्याङ जलविद्यूत गाउँको रुपमा मात्रै विकसित हुनेछैन् । यसले समग्र अन्नपूर्ण गाउँपालिका, म्याग्दी जिल्ला र प्रदेश नम्बर ४ कै अर्थतन्त्रमा योगदान पु¥याउदै देशको लोडसेडिङ हटाउने सरकारको अभियानमा समेत टेवा पुग्ने देखिन्छ ।