मुलुक

मिर्गौला पिडित भण्डारीको उपचारमा जापानमा रिजालको नेतृत्वमा रु १ लाख बढी सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा जापानबाट रु १ लाख बढी सहयोग जुटेको छ । जापानमा रहनुभएका रघुगंगा गाउँपालिका– ३ मौवाफाँटका युवा आनन्द रिजालको नेतृत्वमा रु १ लाख २४ हजार ७८३ सहयोग जुटेको हो । आर्थिक अवस्था कमजोर रहेका भण्डारीको उपचारमा आर्थिक समस्या आएपछि जापानमा रहेका... पुरा पढ्नुहोस

दिवंगत बिमला गौचनको सम्झनामा श्रद्धाञ्जली सभा

म्याग्दी, मंसिर ५ । नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीको नेतृ विमला गौचनको बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गएको कात्तिक २८ गते काठमाण्डौमा डेंगुको उपचारका क्रममा हृदयघात भई ज्यान गुमाउनुभएकी गौचनको स्मृतिमा थकाली समाज घर बेनीमा आयोजित सभामा म्याग्दीमा कांग्रेस, पर्यटन क्षेत्र सहित... पुरा पढ्नुहोस

सवै प्रदेशमा मुटुरोगको विशिष्टिकृत अस्पताल संचालन गर्नेछौं स्वास्थ्य- मन्त्री पौडेल

नारायण रिजाल बागलुङ मंसिर ४ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सात वटै प्रदेशमा मुटुरोगको उपचारका लागि विशिष्टीकृत अस्पतालको संचालन गर्ने जनाएका छन । मंगलबार बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ मा नवनिर्मित विहुँकोट आधारभुत अस्पतालको उद्घाटन गर्दै उनले अब सातवटै प्रदेशमा मुटु र क्याम्सर रोगको विशिष्टिकृत... पुरा पढ्नुहोस

मिर्गौला पिडित भण्डारीको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट रु ३ लाख २२ हजार सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा बेल्जियममा रहेका राखुबासीले रु ३ लाख २२ हजार बढी सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको उपचारमा बेल्जियममा रहनुभएका राखुबासीहरुले रु ३ लाख २२ हजार २ सय आर्थिक सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस

कुकुर तिहार बिशेष : कुकुरको भरमा घुम्ती गोठको पशुपालन

रघुगंगा गाउँपालिका–८ च्याप्टेडेम्मर खर्कमा घुम्ती गोठ राखेर भेडापालन गर्नुभएका हिमबहादुर छन्त्यालको गोठको सुरक्षामा ५ वटा भोटे कुकुरले गर्ने गरेका छन् । विगत आठ बर्षदेखि भेडापालन गर्दै आउनुभएका छन्त्यालले गोठ र गोठमा रहेका भेडाबाख्राको सुरक्षामा दुई जना गोठालासंगै कुकुरलाई समेत राख्ने गर्नुभएको छ । सहरी क्षेत्रमा सोखको लागि कुकुर पाल्ने प्रचलन... पुरा पढ्नुहोस

ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला

१३ कात्तिक, म्याग्दी । घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो । पूर्वीरुकुम,... पुरा पढ्नुहोस

उपयोगको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड

मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ। अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले खेर गइरहेको तातोपानीलाई पर्यटकीय गन्तव्य बनाउने र उपयोगमा ल्याउन पहल थालिएको बताए। ‘लोमान्थाङको नजिकै भएर... पुरा पढ्नुहोस

मुस्ताङमा कार र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

जोमसोम : मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ग१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-३ पुथाङ एअरपोर्ट नजिक मंगलबार साँझ ठोक्किएको प्रहरीले जानकारी दिएको छ।                     घटनामा आरु चनौटे-९ गोरखाका... पुरा पढ्नुहोस

साहसिक पदयात्राका लागि थोराङ्ला पास

म्याग्दी । शरद यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेसी झर्दै गरेका चौँरी, याक, भेडाच्याङ्ग्रा र घोडाका बथान । विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहसिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गलेश्वरधाम आमा समूह, ज्येष्ठ नागरिक आश्रम, वडा कार्यालय, सामाजिक विकास कार्यालय लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई फलफुल र लठ्ठी वितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो... पुरा पढ्नुहोस