जिल्ला निर्वाचन कार्यालयको अत्यन्त्र जरुरी सूचना

  • १२ श्रावण २०७४, बिहीबार
  • 8379 पटक पढिएको

आगामी प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनको लागि यही २०७४ साल श्रावण १ गतेदेखि ३२ गतेसम्म जिल्ला निर्वाचन कार्यालय, म्याग्दीमा तथा श्रावण १६ गते देखि ३२ गतेसम्म पाँचवटै गाउँपालिकाको केन्द्रमा मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन हुने हँदा यस अघि निर्वाचन आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका ब्यक्तिले आफनो नागरिकताको प्रमाणपत्र लिई जिल्ला निर्वाचन कार्यालयमा वा सम्वन्धित गाउँपालिकाको केन्द्रमा आफु स्वयं उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गर्नु गराउन हुन सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गरिन्छ ।

यस अघि प्रकाशित नामवलीमा आफ्नो नाम तथा ठेगनामा कुनै त्रुटि भएको भए त्रुटि सच्याउन दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउनका लागि समेत यस कार्यालयमा र श्रावण १६ देखि ३२ गतेसम्म सम्बन्धित गाउँपालिकाको केन्द्रमा निवेदन बुझाउन सकिन्छ । यस अघि नाम दर्ता गराई मतदाता नामावलीमा आफ्नो नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउनु पर्दैन ।

अन्य जिल्लाका र बेनी नगरपालिका अन्तर्गतका मतदाताहरुको नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालयमा नै सम्पर्क गर्नुपर्नेछ । नाम दर्ता भइसकेपछि मतदाता नामावलीमा दावी विरोधको कार्यक्रम निर्वाच घोषणा भएपश्चात सञ्चालन गरिने हँदा सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको  छ ।

जिल्ला निर्वाचन कार्यालय, म्याग्दी