मध्यपहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउने संयोजक प्रचण्डको घोषणा

  • २९ माघ २०८२, बुधबार
  • 1 पटक पढिएको

म्याग्दी २८ माघ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले बेनी–दरबाङ–ताकम–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वि रुकुम जोड्ने मार्गलाई मध्यपहाडी लोकमार्गको बैकल्पिक राजमार्गको रुपमा विकास गर्ने बताउनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी म्याग्दीले बुधवार सदरमुकाम बेनीमा आयोजना गरेको चुनावी विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताउनुभएको हो ।


उहाँल म्याग्दी हुँदै जलजला पुगेको सडकको ट्याक निर्माणलाई पूर्णता दिएमा मध्यपहाडी लोकमार्गमा ६० किलोमिटर सडक छोटो हुने भएकाले यस सडकलाई रणनैतिक सडकको रुपमा बैकल्पिक लोकमार्गको रुपमा विकास गरिने बताउनुभयो । ‘‘म अहिले पूर्वि रुकुमको उम्मेदवार पनि बनेको छु र यो मार्ग बनाउने जिम्मेवारी पनि मेरै भएको छ, बैकल्पिक लोकमार्ग बन्छ तपाईहरु ढुक्क हुनुस’’–प्रचण्डले भन्नुभयो ।
उहाँले म्याग्दी हिमाली जिल्लाको रुपमा घोषणा भएप्नि व्यवहारमा कार्यान्वनयमा ल्याउन र जिल्लाको कृषि, डडिबुटीको विकास तथा प्राकृतिक र धार्मिक पर्यटनको विकासमा समेत आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । संयोजक प्रचण्डले बिचार र मुद्धाको दृष्टिकोणमा नेकपा नै नेपालको नयाँ पार्टी भएको समेत बताउनुभएको छ ।
महाधिवेशनबाट समाजवादी विचार र नेपाली विशेषताको समाजवाद घोषित रुपमा बोक्ने पार्टी नेकपा नै रहेको र राजनितिक रुपमा समेत पछाडी परेका बर्ग र समुदायको हक, अधिकार र पहिचानको लागि संघर्ष गर्ने पार्टी नेकपा रहेको बताउँदै उहाँले नेपालको नयाँ पार्टी नेकपा नै रहेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका संयोजक प्रचण्डले मुलुकको विकास र निकासका लागि आगामी निर्वाचनमा नेकपा मुलुकको ठूलो पार्टी बन्ने गरी जनताले अनुमोदन गर्ने दावि समेत गर्नुभयो । उहाँले राष्ट्रको स्वाधिनताको रक्षा र संकटको निकास दिनका लागि पनि नेकपा नै मुलकुको लागि बलियो शक्तिको रुपमा स्थापित हुन आबश्यक रहेकोमा जोड दिनुभयो । जेनजी युवाहरुको भावना सम्बोधन गर्ने अभिभावक पाटी नेकपा नै रहेको बताउँदै उहाँले एमाले र काँग्रेससंग नेकपालाई तुलना गर्न नमिल्ने बताउनुभयो ।
मुलुकमा बढ्दो भष्ट्राचार र कुशासनका विरुद्धमा आफ्नो नेतृत्वको सरकारले कडा कदम चालेपछि तत्कालिन मुलुकका दुई ठूला दल एमाले र काँग्रेसले सक्ता कब्जा गरेको बताउँदै उहाँले जेन्जीहरुले उठाएका मुद्धाहरुलाई आफुहरुले पहिलेदेखि नै उठाउँदै आएको उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य गोविन्द पौडेलले जिल्लामा पार्टीको साँगठनिक सुधार भएको र पार्टीले युवा उम्मेदवारलाई अघि बढाएकाले जनआकर्षण बढ्दो रहेको बताउनुभयो । उहाँले जिल्लामा तीन मुख्य दलका साथै स्वतन्त्र उम्मेदवार महावीर पुन समेत प्रतिस्पर्धामा रहेकाले नेकपाबाट उम्मेदवार बनेका अर्जुन थापाको पक्षमा नतिजा ल्याउने गरी चुनाबी अभियान केन्द्रित गरिएको बताउनुभयो ।

 

कार्यक्रममा नेकपाबाट प्रतिनिधि सभा सदस्य उम्मेवदार अर्जुन थापाले भष्ट्राचार र सुशासनका साथै म्याग्दीको विकासका लागि आफु चुनाबी मैदानमा होमिएको बताउनुभयो । उहाँले जिल्लामा राजनीतिक प्रतिस्पर्धा हुने उम्मेदवारहरुमध्ये माफु सबैभन्दा युवा रहेको र म्याग्दीको विकासको पहुँचलाई केन्द्रमा सहज रुपमा स्थापित गराउनका लागि नेकपाको जीत आबश्यक रहेको बताउनुभयो ।