म्याग्दीमा भारी मतान्तरले स्वतन्त्र उम्मेदवार महावीर पुन बिजयी

  • २३ फाल्गुन २०८२, शनिबार
  • 17 पटक पढिएको

 

म्याग्दी  २३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीमा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुन भारी मतान्तरले विजयी हुनुभएको छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले निकटतम प्रतिस्पर्धी भन्दा तेब्बर बढी मत अन्तरले विजयी हुनु भएको हो । पुनले मत २२ हजार ८५० मत ल्याएर विजयी हुनु भएको बेनी स्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ | निर्वाचनमा नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ७ .हजार ९१९, नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६७६, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५ २९ मत पाउनु भएको छ । प्रत्येक्ष तर्फको सबै मतगणना सकिएको र औपचारिक रूपमा बिजयी भएको प्रमाण पत्र प्रदान गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत सूर्य बहादुर थापाले जानकारी दिनुभयोछ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र सहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो । ।