म्याग्दीमा ३९ मतदान अधिकृत महिला
- १९ फाल्गुन २०८२, मंगलवार
- 9 पटक पढिएको
आउँदो बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ३९ जना मतदान अधिकृत महिला रहेका छन् । ति मध्य १५ जना महिला मतदान अधिकृतका रुपमा छनौंट भएका छन् । भने २४ जनालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ मतदान स्थलमा एकसय २० मतदान केन्द्र र दुइवटा अस्थायी मतदान केन्द्र छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी दुईसय ४४ जना मतदान अधिकृत छनौट हुँदा ३९ जना महिला मतदान अधिकृतका रुपमा छनौंट भएका हुन । महिला कर्मचारीको संख्या कम भएकाले निर्वाचनमा परिचालन हुने महिलाको संख्या पनि कमी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार शान्ति खत्री,कृति थापा,शान्तिकुमारी शर्मा,रिता खत्री,मनदेवी गौतम,साधना कुमारी श्रेष्ठ,प्रतिज्ञा सुवेदी,कमला कार्की ढकाल,सविता पाठक र भगवती खड्का कटुवाल मतदान अधिकृत छनौंट हुनुभएको छ । यसैगरी मिना शर्मा सुवेदी,पवि थापा,प्रभा शर्मा र विनिता रेग्मी मतदान अधिकृत छनौंट हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक मतदान अधिकृतमा झरना श्रेष्ठ,गिता नेपाली,दिलकुमारी पुन,सम्झना खाती,अनिषा आचार्य,माया कुमारी अधिकारी खत्री,भविसरा रोका,सन्तुकुमारी कार्की र लक्ष्मी कुमारी मल्ल छनौंट हुनुभएको छ ।
यसैगरी मिलनकुमारी बुढाथोकी,देवीकुमारी राना,जयन्ती पौडेल,अम्बिका शर्मा,तेजकुमारी थापा,कलादेवी शर्मा पौडेल,कल्पना सुवेदी ढुङ्गाना,सर्मिला पौडेल,कल्पना गौतम,सविना थापा,सदिक्षा शर्मा,विनिता मल्ल एलिना पुर्जा र शन्तु मल्ला सहायक मतदान अधिकृतका रुपमा छनौंट हुनुभएको छ । मतदान केन्द्रमा खटिने महिला मतदान अधिकृतहरुलाई सकभर सदरमुकाम देखि नजिकका मतदान स्थलहरुमा खटाइएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले बताउनुभयो ।
मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले तालिम पछि नियुक्ती पत्र दिएर निर्वाचन सामग्री सहित मतदान केन्द्रमा पठाउन सुरु गरेको छ । यसैगरी बेनी नगरपालिका ७ स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा रहेको मतदान स्थलको एउटा मतदान केन्द्रमा सबै कर्मचारी महिला रहेका छन् । निर्वाचन सामग्री सहित सोमबार मतदानस्थल पुगेका कर्मचारीहरुले निर्वाचन सम्बन्धी सबै प्रकारका सूचना टाँस गरी आज सर्वदलिय बैठक गरेका छन् ।