समाजसेवी छन्त्यालद्धारा सहयोग, मल्कबाङ्गबासीले गरे जन्मथलोमा भव्य सम्मान

  • ८ श्रावण २०८२, बुधबार
  • 49 पटक पढिएको

म्याग्दी, ७ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कबाङ्ग घर भई हाल पोर्तुगलमा बस्दै आउनुभएका समाजसेवी ज्ञानबहादुर छन्त्यालले विद्यालय र आमा समूहलाई र ५० हजार सहयोग गर्नुभएको छ । १२ बर्षपछि जन्मथलो मल्कबाङ्गमा आउनुभएका छन्त्यालले स्थानीय जनजागृति मावि र जनचेतना आमा समूहलाई उक्त नगद सहयोग गर्नुभएको हो ।

सहयोगदाता समाजसेवी छन्त्याललाई गाउँमा भव्य स्वागत तथा सम्मान समेत गरिएको छ । वडा कार्यालय, आमा समूह, विद्यालय, नौमती बाजा समूह लगायतले समाजसेवी छन्त्याललाई फुल माला र अबिर लगाएर सम्मान गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष अमर छन्त्याल, जनजागृति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्याल, जनचेतना आमा समूहका अध्यक्ष नन्दकुमारी छन्त्याल, नन्दीबाङ खोला लघुजलविद्युत आयोजनाका अध्यक्ष भिमप्रसाद छन्त्याल लगायतले सम्मान गर्नुभएको थियो ।
लामो समयपछि जन्मथलो पुग्नुभएका सहयागदाता ज्ञानबहादुर छन्त्यालले रोजगारको क्रममा विश्वको जुनसुकै ठाउँमा पुगेपनि जन्मथलोलाई कहिल्यै भूल्न नसकिने बताउँदै आगामी दिनमा समेत आफुले सक्दो गाउँको सामाजिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा सहयोगदाता छन्त्यालले प्रदान गर्नुभएको रु ५० हजार र कार्यक्रममा सहभागीबाट जुटेको रु ७ हजार २ सय सहयोग रकममध्ये विद्यालयको लागि रु २३ हजार २ सय, जनजागृति आमा समूहको लागि रु २५ हजार र बाजा समूहको लागि रु ९ हजार सहयोग हस्तान्तरण गरिएको थियो । सोही अवसरमा हाल जापानमा रहनुभएका गोपाल विकले विद्यालयलाई नगद रु ५ हजार सहयोग प्रदान गर्नुभएको थियो ।