रोपाइँ पनि ठेक्कामा ! बाझा खेत हरियालीमा परिणत
- ३० श्रावण २०८२, बिहीबार
- 55 पटक पढिएको
खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उनीहरूले गरिदिन्छन्, तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ । घर्ती दम्पतीले गत असारमा १८९ रोपनीमा रोपाइँ गरेर छ लाख १७ हजार ४०० आर्जन मात्र गरेनन् १० जनालाई रोजगारी पनि दिए । किसान अमरबहादुरले पनि सोही महिना १८६ रोपनी खेत रोपेर छ लाख सात हजार ६०० रुपैयाँ कमाए ।
उनले पनि १० जना खेतालालाई एक महिना रोजगारीको व्यवस्था गरे । नयाँ अवधारणाका साथ बाझा खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले उनीहरूलाई सम्मान गरेको छ । साथै खनजोत गर्न उनीहरूलाई वडाले एउटा मिनी टेलर उपहार दिने घोषणा गरेको छ ।
बुधबार वडा कार्यालयमा पौरखी किसानलाई सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले भने, ‘प्याकेजमा खेत रोप्ने योजना अनुकरणीय छ । जग्गाधनीले खेताला खोज्ने, उनीहरूलाई खाना, पानी, गोरु, ट्याक्टरको व्यवस्थाको झन्झट परेन । रकम भुक्तानी भए खेत रोपियो ।’ रासस