म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको जित सुनिश्चित
- २२ फाल्गुन २०८२, शुक्रबार
- 27 पटक पढिएको
म्याग्दी , २३ फागुन । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुन विजयी हुनुभएको छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले गणना हुन बाँकी मत भन्दा बढी मत अन्तरले अग्रता लिएपछी उहाँको जित निश्चित भएको हो । बेनी स्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयमा जारी मतगणनामा जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले १८ हजार ८४७ मत सहित अग्रता कायम गर्नुभएको छ । सबै मतगणना सकेपछी औपचारिक रूपमा बिजयी घोषणा गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको धवलागिरी, मालिका, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको मतगणना सकिँदा पुनले उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा ११ हजार ९९५ बढी मत ल्याउनुभएको छ । अब म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको ६ हजार ५५८ मत मात्र गणना गर्न बाँकी छ । एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र सहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो । ।