मुलुक

साहसिक पदयात्राका लागि थोराङ्ला पास

म्याग्दी । शरद यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेसी झर्दै गरेका चौँरी, याक, भेडाच्याङ्ग्रा र घोडाका बथान । विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहसिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गलेश्वरधाम आमा समूह, ज्येष्ठ नागरिक आश्रम, वडा कार्यालय, सामाजिक विकास कार्यालय लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई फलफुल र लठ्ठी वितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो... पुरा पढ्नुहोस

ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली कारागार चलान

नारायण रिजाल बागलुङ असोज १५ । १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा १६ महिनादेखि फरार नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार भारतबाट... पुरा पढ्नुहोस

पर्यटन दिवसमा म्याग्दीमा पत्रकार र पर्यटन व्यवसायि सम्मानित (भिडियाे सहित)

म्याग्दी, ११ असोज । म्याग्दीको पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा योगदान पु¥याउने पत्रकार र पर्यटन व्यवसायिलाई सम्मान गरिएको छ । ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा पत्रकार घनश्याम खड्का र सन्तोष गौतम तथा पर्यटन व्यवसायि तेजबहादुर गुरुङलाई सम्मान गरिएको... पुरा पढ्नुहोस

कालीगण्डकी करिडोर : जोमसोम–कागबेनीखण्डमा कालोपत्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ ।  जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनीखण्डमा कालोपत्र गर्न २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी... पुरा पढ्नुहोस

दग्नाममा आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा निर्माण भएको नाङ्गीदेवी आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन गरिएको छ । आमा समुहकै सक्रियता तथा प्रदेश सरकार,गाउँपालिका,वडा ,विभिन्न संघ संस्था र व्यक्तीहरुको आर्थिक सहयोगमा निर्माण भएको सभाहल सहितको दुई तले भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । आर्थिक... पुरा पढ्नुहोस

बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता

बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीमा बगेर २० वर्षीय कमल सापकोटा बेपत्ता छन् । [caption id="attachment_79223" align="alignnone" width="738"] फाइल तस्वीर[/caption] कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको... पुरा पढ्नुहोस

ढोरपाटन सिकार आरक्षको करिब २०० हेक्टर जमिन अतिक्रमण

१५ भदौ, म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको पाइएको छ । [caption id="attachment_79159" align="alignnone" width="1080"] एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल... पुरा पढ्नुहोस

मिना परियार हत्या प्रकरणः थप एक पक्राउ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारलाई आठ महिनाअघि वेपत्ता र हत्या गरेको घटनामा संलग्नभएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।पोखरामा फक्राउ परेका बेनी नगरपालिका–९ तोरीपानीका २३ वर्षीय श्याम खत्रीलाई बिहीबार म्याग्दी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जनाएको... पुरा पढ्नुहोस

कतारमा अस्ताए म्याग्दीका हरि

तिलु शर्मा पौडेल दोहा, कतार : वैदेशिक रोजगारीको सिलसिलामा कतार आएका म्याग्दीका हरिबहादुर विकको निधन भएको छ । पाँच वर्ष आठ महिना पहिले कतार आएका धवलागिरि २ लुलाङ् म्याग्दीका ३१ वर्षीय विकको कार्यस्थलमा करेन्ट लागेर निधन भएको हो । नेपालबाट हेभी ड्राइभर भिसामा श्रम सम्झौतामार्फत कतार आएका उनको अगस्ट २१... पुरा पढ्नुहोस