फिचर

कालीगण्डकी नदीको शालीग्राम (शिला) अयोध्या पठाईयो

  म्याग्दी, १२ माघ । विश्वमै दुर्लभ शालीग्राम पाइने एकमात्र नदी कालीगण्डकी नदीको २ थान शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या हस्तान्तरण गरिएको छ। भारतको अयोध्यामा निर्माणधिन राम मन्दिरमा राख्ने रामललाको मुर्ति निर्माण गर्नका लागि विहिबार २ थान शिलालाई गलेश्वर मन्दिरबाट पुजाआजा गरेर पठाईएको छ । बुधबार क्रेनबाट दूई शिलालाई... पुरा पढ्नुहोस

तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई (तस्बिर सहित)

म्याग्दी, १० माघ । रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । मंगलवार वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा मावि प्रथम हुन सफल भएको... पुरा पढ्नुहोस

म्याग्दीका प्रदेश सभा सदस्य रेशम जुग्जाली गण्डकी प्रदेश सरकारमा मन्त्री बन्ने निश्चित

  बेनी, ९ माघ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक... पुरा पढ्नुहोस

लोक दोहोरीमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी च्याम्पीयन

म्याग्दी, ७ माघ । बेनीमा संचालित म्याग्दी महोत्सवको आयोजित खुला लोक दोहोरी गित प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी च्याम्पीयन बनेको छ । शनिवार भएको फाइनलमा म्याग्दी सामुदायिक पुस्तकालयका कलाकार टिमलाई पछि पार्दै प्रतिष्ठान म्याग्दीको तर्फबाट सहभागी कलाकारहरु प्रथम हुन सफल भएका हुन् । म्याग्दी सामुदायिक पुस्तकालय उपबिजेता... पुरा पढ्नुहोस

महोत्सवले संस्कृति र परम्परा संरक्षणमा जागरण ल्यायो

कमल खत्री बेनी, ७ माघ : बेनी बजारका १३ बर्षका अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ बर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा पदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि हनुमान नाचले धेरैको ध्यान तान्यो । नेवार... पुरा पढ्नुहोस

पुख्र्यौली नृत्य प्रतियोगितामा काफलडाँडाको समूह बिजयी

म्याग्दी २ माघ । म्याग्दी सदरमुकाम बेनीमा जारी सातौँ म्याग्दी महोत्सवको अवसरमा आयोजित पुख्र्यौली नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पुख्यौली समूह बिजयी भएका छन् । सोमबार सम्पन्न प्रतियोगितामा विभिनन चार समूहले सहभागीता जनाएकोमा कालफडाँडाको पूख्र्यौली समूह प्रथम हुन सफल भएका हुन् । प्रतियोगितामा नेपाल मगर संघको बेनी नगरपालिकाको टिम दोस्रो... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा ¥याफ्टिङ सरर….. (तस्बिर सहित)

बेनी, २ माघ : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्रा सञ्चालन भएको छ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा लक्षित गरि सञ्चालित ¥याफ्टिङमा जलयात्राको रोमाञ्चक यात्रा गर्नेहरु बढेका छन् । https://www.youtube.com/watch?v=3cYjxCh3ZOE&t=216s कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले नियमित ¥याफ्टिङ सञ्चालन गरेको... पुरा पढ्नुहोस

अयोध्यामा लगीने कालीगण्डकीको शिला पूजाआजा सहित हस्तान्तरण (तस्बिर/भिडियाे)

https://www.youtube.com/watch?v=kfZIhojBc3k&t=2s   कमल खत्री बेनी, १ माघ : भारतको अयोध्यामा लैजान लागिएको विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीको शिलालाई पूजाआजा सहित हस्तान्तरण गरिएको छ । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल अयोध्यामा मुर्तिका रुपमा राख्न लागिएको हो । अयोध्यामा निर्माणधिन राम मन्दिरमा... पुरा पढ्नुहोस

अयोध्यामा लैजान लागिएको कालीगण्डकीको शिलाको उच्च स्तरीय अवलोकन (तस्बिर/भिडियो)

बेनी, ३० पुस :विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकी । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डकी नदीलाई कृष्णगण्डकीको उपमाले चिन्ने गरिन्छ । यसै नदीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्यामा मुर्तिका रुपमा राख्न लैजाने प्रकृया अघि बढाइएको छ ।   https://www.youtube.com/watch?v=yfCNf_cUy_g&t=420s अयोध्यामा निर्माणधिन राम मन्दिरमा कालीगण्डकीको... पुरा पढ्नुहोस

कृषि उपज पदर्शनी (तस्बिर)

बेनी, २९ पुस : म्याग्दी सदरमुकाम बेनीमा कृषि ज्ञान केन्द्र र म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको कृषि मेला पदर्शनीमा राखिएका जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु । सातौँ म्याग्दी महोत्सवको अवसरमा कृषि मेला पर्दशनी गरिएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस