खानी उत्खनन् बैद्यानिक बनाउन पहल गर्छु : मन्त्री जुग्जाली

  • २१ माघ २०७९, शनिबार
  • धिरन खत्री
  • 447 पटक पढिएको

 

म्याग्दी, २१ मघ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले ढुङ्गा (स्लेट) र तामा लगायतको खानी उत्खनन्लाई बैद्यानिक बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री जुग्जालीले म्याग्दीको मालिका गाउँपालिकाको विभिन्न ठाउँमा रहेको स्लेट खानीलाई वन र उद्योगसंग समन्वय गरेर बैद्यानिक बनाउन पहल गर्ने बताउनुभएको हो ।

“स्लेट खानी बैद्यानिक नहुदाँ वनले स्लेट खानीमा काम गरेर खाने मजदुरलाई लगाउने समस्या रहेको छ,’’–मन्त्री जुग्जालीले भने । “पहुचँ हुनेले उत्खन्न गरेको ढुङ्गा बेचिराखेका छन् । उनीहरुलाई कानुनी कारबाही नहुने रहेछ । स्लेट खानीमा काम गर्नेलाई मुद्धा लगाएर दुख दिएकोे छ । गण्डकी प्रदेश भित्र रहेका खानी उत्खनन् कानुनी रुपमा बैद्यानिक बनाएर अघि बढाउनु छ। पहिल्य, म्याग्दीको खानीलाई बैद्यानिक रुपमा संचालन गर्नका लागि वन र उद्योग कार्यालयका कर्मचारीले सकिने बताएपछि कानुनी प्रक्रियाका लागि काम अघि बढीरहेको छ।” खानी उत्खनन्बाट स्थानीयलाई रोजगारी र राज्यलाई आम्दानीको मूख्य स्रोत भएको कारण सबैले यसलाई सहजीकरण र सुझाव दिन मन्त्री जुग्जालीले आग्रह गर्नुभएको छ ।

खानीसंगै पर्यटन पुर्वाधार निर्माण गर्नु प्रदेश सरकारको मुख्य काम रहेको छ । यसबर्ष विगतदेखि संचालन गर्दै विकास योजनालाई पुर्णता दिने किसिमले बजेट विनियोजन भएको छ। म्याग्दीका करिव दुईदर्जन विकास योजनाहरु अलपत्र छन् । यी योजनाहरुलाई पुर्णता दिन बजेट ब्यवस्थापन र निर्माण ब्यवसायीलाई ताकेता गरिरहेका छौ । योजनाहरुमा निर्माण ब्यवसायीलाई काम गर्ने वातावरण निर्माण गर्ने काममा सहजीकरण गर्न पत्रकारलाई पनि आग्रह गर्नुभएको थियो । जिल्लाभित्र मुख्य सडक, स्वास्थ्यका भवन, शिक्षा लगायतको पुर्वाधारलाई पुर्णता दिने किसिमले जिल्लाका राजनीतिक दल, पुर्व जनप्रतिनिधि र वर्तमान जनप्रतिनिधिहरुविच समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

त्यस्तै धवलागिरी गाउँपालिका– १ गुर्जाका वडाअध्यक्ष झबहादुर छन्त्यालले हिमाली जिल्ला म्याग्दीको पर्यटन विकास गर्नका लागि दुर्गमबस्ती गुर्जा, मल्कवाङ, कुईनमंगलेलाई प्राथमिकता राखेर पुर्वाधार निर्माण गर्नुपर्ने जोड दिनुभयो । उहाँले जिल्लाको दिगो पर्यटन विकास लागि पोखरा, बेनी कर्णाली प्रदेशको डोल्पा जिल्लासंग जोडिने छोटो दुरीको ‘हिमाली कोरिडोर’लाई अघि बढाउन मन्त्रीलाई आग्रह गर्नुभयो ।
म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमा शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले जिल्लाबाहिर बढ्दो बसाईसराई रोक्न, जिल्लाभित्रनै लगानी गर्ने वातावरण तयार गर्ने विकास योजना र पुर्वाधार निर्माण जोड दिन आग्रह गर्नुभएको थियो । उहाँले पछिल्लो समय म्याग्दीको आम्दानी बाहिरी जिल्लामा लगानी भएको छ । बाहिरी जिल्ला बसाईसराई रोक्ने किसिमले शिक्षा, स्वास्थ्य, सडक, पर्यटन लगायतको पुर्वाधार निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l