कालीगण्डकी नदीको शालीग्राम (शिला) अयोध्या पठाईयो

  • १२ माघ २०७९, बिहीबार
  • धिरन खत्री
  • 919 पटक पढिएको

 

म्याग्दी, १२ माघ । विश्वमै दुर्लभ शालीग्राम पाइने एकमात्र नदी कालीगण्डकी नदीको २ थान शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या हस्तान्तरण गरिएको छ। भारतको अयोध्यामा निर्माणधिन राम मन्दिरमा राख्ने रामललाको मुर्ति निर्माण गर्नका लागि विहिबार २ थान शिलालाई गलेश्वर मन्दिरबाट पुजाआजा गरेर पठाईएको छ ।

बुधबार क्रेनबाट दूई शिलालाई ट्रकमा राखेर प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा लगिएको थियो । विहिबार गलेश्वर शिवालय मन्दिर परिरसरमा राखिएको शिलालाई गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारी, बेनी नगरपालिका मेयर सुरत केसी र गलेश्वर मन्दिरका अध्यक्ष माधवप्रसाद रेग्मीले विधिवद पुजाआजा गरेर बाजागाजा र भजनसहित हस्तान्तरण गर्दैे शोभायात्रामाफर्त बजार परिक्रक्रमा गराएर शिलालाई पठाईएको थियो ।

अयोध्यामा निर्माणधिन राम मन्दिरमा भगवान रामको बाल अवतारको मुख्य मुर्ति बनाएर राख्नका लागि भूगर्भविद्, शिलाविद्, प्राविधिक र विज्ञ समेतको टोलीले नगरपालिका–६ ठूलो पहिरो स्थित कालीगण्डकीमा दुई थान शिला पहिचान गरेको थियो । बेनी नगरपालिका मेयर सुरत केसीले पवित्र कालीगण्डकी नदीबाट धेरै लामो समय टिक््ने शिला पहिचान गरेर २६ टन र १४ टनका दुई थान शिलालाई बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश सरकारले २ नम्वर प्रदेशको जानकी मन्दिरलाई हस्तान्तरण गर्दैै जानकी मन्दीरले अध्योध्यालाई हस्तान्तरण गरिने प्रक्रिया रहेको बताउनुभयो । पवित्र कालीगण्डकीको शिला हस्तान्तरणले गलेश्वर मन्दिरको महत्व थप बलियो बनाउदै धार्मिक पर्यटन विकास गर्न सहयोग पुग्ने मेयर केसीले भन्नुभयो ।

दुई थान शिला लिन आउनुभएको अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्सिंह पंकजले कालीगण्डकीको शिला भगवान विष्णुको अवतार भएको र रामको बाल अवतारको स्थापनाका लागि पवित्र कालीगण्डकीको शिला लैजान लागिएको बताउनुभयो । पंकजले नेपालको कालीगण्डकीबाट भगवान रामको मुर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले नेपाल र भारतको सास्कृतिक सम्वन्ध बलियो हुने धारण ब्यक्त गर्नुभयो । अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक र सास्कृतिक सम्बन्धलाई विश्वमा चिनाउन यस शालिग्रामले धर्मदुतको काम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।


गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले पवित्र कालीगण्डकीको दुई थान शालिग्राम हस्तान्तरणले नेपाल–भारतबीचको सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध थप उचाइमा पु¥याउन सहयोग पुग्ने बताउनुभयो । पौराणीक रुपमै नेपाल र भारतबिचको सम्बन्ध रहेको अवस्थामा कालीगण्डकीको शिला मुख्य मुर्तिका रुपमा राख्न लैजानुले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने र कालीगण्डकी नदी र गलेश्वर मन्दिरको महिमा बढाउन सहयोग पुग्ने देखिन्छ ।

   

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l