ताजा अपडेट
दामोदरकुण्ड जाने बाटोमा भारतीय साधूको मृत्यु
- 6 बर्ष, 7 महिना अगाडि
- १६ असार २०७६, सोमबार
सुन्दरकुमार थकाली मुस्ताङ १६ असार । प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड जाने क्रममा एक भारतीय साधूको मृत्यु भएको छ। साधूको लेक लागेर स्वासप्रस्वासका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए। लोघेकर दामोदरकुण्ड गाउँपालिका ४ स्थित धिमी ठाटीबाट दामोदरकुण्ड जाने भिरालो बाटोमा साधूको शव भेटिएको... पुरा पढ्नुहोस
मंगलाको ३५ करोड बढीको बजेट पारित
- 6 बर्ष, 7 महिना अगाडि
- १५ असार २०७६, आईतवार
सन्तोष गौतम बेनी १५ असार । मंगला गाउँपालिकाको आइतबार बाबियाचौरमा सम्पन्न सातौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३५ करोड तीन लाख छ सय रुपैयाँको बजेट पारित गरेको छ । असार ९ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख ६९२ र पूजीगततर्फ ११ करोड... पुरा पढ्नुहोस
मराङमा लागू औषध दुब्र्यसनी बिरुद्ध अभिमुखीकरण कार्यक्रम
- 6 बर्ष, 7 महिना अगाडि
- १५ असार २०७६, आईतवार
तेजिन्द्र पुन मराङ १५ असार । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ स्थित स्वास्थ्य चौकीमा लागू औषध दूब्र्यसनी बिरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मराङ र मल्कवाङका ३५, ३५ जनाको सहभागिता रहेको थियो । सहभागिहरुलाई स्वास्थ्यकर्मीहरुले लागू औषध प्रयोगको कारण, असर र न्युनीकरण तथा बच्ने उपायको बारेमा सहजिकरण गर्नुभएको... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटको तयारी सुरु (भिडियो सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- १५ असार २०७६, आईतवार
https://www.youtube.com/watch?v=zmGTRO95pSQ&feature=youtu.be बेनी १५ असार । बेनी नगरपालिकामा उत्पन्न आन्तरिक गतिरोध अन्त्य भएसंगै आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि नीती, कार्यक्रम तथा बजेटको तयारी सुरु गरिएको छ । आईतवार बसेको बिशेष नगरसभालाई सर्वसम्मत रुपमा पाँचौ नगरसभामा परिणत गर्ने निर्णय भएसंगै नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको हो । सभामा विशेष... पुरा पढ्नुहोस
म्याग्दीमा धान दिवस मनाइयो (फोटो फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- १५ असार २०७६, आईतवार
सन्तोष गौतम बेनी १५ असार । म्याग्दीका विभिन्न ठाउँमा आइतबार १६ औ धान दिवस–२०७६ मनाइएको छ । कृषि ज्ञान केन्द्र, स्थानीय तहहरुका कृषि शाखा र कृषक समूहहरुले धान रोपाई कार्यक्रमको आयोजना गरेर दिवस मनाएका हुन् । कृषि ज्ञान केन्द्र र महारानी कृषक समूहको आयोजनामा बेनी नगरपालिका ५ कुडुले फाँटमा धान... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाको छेरवाङ र सोली खोलामा झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- १५ असार २०७६, आईतवार
सन्तोष गौतम म्याग्दी १५ असार । मालिका गाउँपालिकाको पात्ले स्थित छेरवाङ र सोली खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिका २ र ३ को सिमानामा पर्ने छेरवाङ खोलामा ८५ र ३ नम्बर वडामा पर्ने सोली खोलामा ४४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । झोलुङ्गे पुल क्षेत्रगत... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको गतिरोध हट्यो, सहमतिमा नीति तथा कार्यक्रम र बजेट ल्याउने सहमति
- 6 बर्ष, 7 महिना अगाडि
- १४ असार २०७६, शनिबार
म्याग्दी १४ असार । बेनी नगरपालिकामा उत्पन्न आन्तरिक गतिरोध अन्त्य भएको छ भने सहमतिमा नीति तथा कार्यक्रम र बजेट ल्याईने भएको छ । गत जेठ ३ गतेको कार्यपालिका बैठकमा नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र कार्यपालिका सदस्यहरुबिच उत्पन्न बिवाद करिब साढे १ महिनापछि सुल्झिएको हो । शनिवार बेनीमा नेपाल कम्यनिष्ट पार्टी... पुरा पढ्नुहोस
जिपिए अनुसार म्याग्दीको एसईई नतिजा
- 6 बर्ष, 7 महिना अगाडि
- १४ असार २०७६, शनिबार
सन्तोष गौतम बेनी १४ असार । राष्ट्रिय परिक्षा बोर्डले लिएको २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजामा म्याग्दीका ३.६४ देखि माथिकाे जिपिए ल्याउनेको संख्या ३४ जना छ । गत चैत महिनामा सञ्चालन भएको एसईईमा म्याग्दीका १० वटा निजी सहित ७१ वटा विद्यालयका एक हजार २२९ जना विद्यार्थीहरु सहभागि भएका थिए... पुरा पढ्नुहोस
म्याग्दीमा वृक्षारोपण दिवस मनाईयो
- 6 बर्ष, 7 महिना अगाडि
- १४ असार २०७६, शनिबार
बेनी १४ असार । म्याग्दीमा शनिबार विभिन्न कार्यक्रम गरेर वृक्षारोपण दिवस २०७६ मनाइएको छ । डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह र विभिन्न संघ संस्थाको आयोजनामा रुख रोपेर दिवस मनाइएको हो । डिभिजन वन कार्यालयको सहयोग र गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा बेनी नगरपालिका ९ काउलेगौडामा वृक्षारोपण... पुरा पढ्नुहोस
भकिम्लीको डोलेमा पशु स्वास्थ्य शिविर
- 6 बर्ष, 7 महिना अगाडि
- १४ असार २०७६, शनिबार
बेनी १४ असार । बेनी नगरपालिका ३ भकिम्लीको डोलेमा शुक्रबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा ग्रामिण क्षेत्रका कृषकहरुलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन भएको हो । शिविरमा ९० जना कृषकहरुको करिब तीन हजार पशुपंक्षिका लागि औषधी वितरण... पुरा पढ्नुहोस