कालिगण्डकी नदीमा १५ दिनदेखि फसेको गोरुको युवाहरुले गरे उद्धार ( भिडियो सहित)

  • १८ श्रावण २०७६, शनिबार
  • 3684 पटक पढिएको

म्याग्दी, १८ साउन । बाग्लुङ नगरपालिका–१२ र पर्वतको फलेबास नगरपालिका ४ को सिमा क्षेत्रमा पर्ने कालिगण्डकी नदीमा बिगत १५ दिनदेखि फसेर अल्पत्र परेको गोरुको उद्धार गरिएको छ ।

नदीले बगाएर कालिगण्डकी नदीको किनारमा कतैपनि जान नसक्ने ठाउँमा अल्पत्र परेको गोरुको दुई सातापनि म्याग्दी, पर्वत र बाग्लुङका युवाहरुले उद्धार गरेका हुन् ।

एमआरआर समुहमा आबद्ध रहेका २० जना बढी युवाहरुले डोरीको सहायताले गोरुलाई बाहिर निकालेका हुन् । नदीको किनारमा केहि पनि खान नपाएको र कतैपनि जान नसक्ने अप्ठ्यारो ठाउँमा गोरु अल्पत्र परेको खवर आएपछि युवाहरुको पहलमा उद्धार गरिएको टोलिको अगुवाई गरेका अनेरास्ववियूका नेता समेत रहेका म्याग्दीका युवा प्रकाश पौडेलले बताए ।