नेकपा म्याग्दीको सचिवालय गठन

  • १९ श्रावण २०७६, आईतवार
  • 2463 पटक पढिएको

म्याग्दी,१९ साउन । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको शनिबार सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण वैठकले ३२ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको छ । पुर्व एमालेबाट १९ र पुर्व माओवादीबाट १३ जनासहित ३२ सदस्यीइ सचिवालय गठन गरेको हो ।


यसैगरी वैठकले ७ सदस्यीय जिल्ला कार्यालय समिति पनि गठन गरेको छ । ७ सदस्यमा अध्यक्ष गोविन्द्र पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ, देवेन्द्रबहादुर केसी, देवराज सुवेदी, बालकृष्ण सुवेदी, रेशम जुग्जाली र देव घले रहेका छन् ।
दोस्रो जिल्ला कमिटीको वैठकले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका सङ्गठित सदस्यहरुको एकीकृत रेकर्ड फाईल तयार गर्ने, स्थानीय तहमा पालिका संसदीय दल गठन गर्ने काम आगामी असोज महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
वैठकमा महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापा, प्रतिनिधिका सांसद भुपेन्द्र थापा र गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेश सांसद विनोद केसी लगायतको उपस्थित भएको थियो । नेकपा म्याग्दीको अध्यक्ष गोविन्द्र पौडेलको अध्यक्षता र सचिव हरिकृष्ण श्रेष्ठको संचालनमा पुर्ण बैठक सम्पन्न भएको थियो ।