ताजा अपडेट

म्याग्दीमा सबै परिक्षाकेन्द्रमा सेनेटरी प्याड र प्राथमिक उपचारको व्यवस्था

म्याग्दी, ८ चैत । चैत १० गते बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा म्याग्दीका सबै परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रवन्ध मिलाईएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्लामा रहेका ९ वटै परिक्षा केन्द्रमा परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि सेनेटरी... पुरा पढ्नुहोस

पोर्तुगलमा चैते दशैँमा जनसम्पर्क समितिको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम हुने

म्याग्दी, ८ चैत । नेपाली काँग्रेसको भातृय संगठन जनसम्पर्क समिती पोर्तुगलको आयोजनामा चैते दशैँ पर्वको अवसरमा पार्तुगलमा बृहत साँस्कृतिक कार्यक्रम सहित बनभोज कार्यक्रम हुने भएको छ । मार्च २४ तारिख आइतवारको दिन लीस्वनको बेलाभीस्ता पार्कमा सो कार्यक्रम आयोजना गरिएको नेपाली जनसम्पर्क समिति पोर्तुगलका कार्यबहाक अध्यक्ष ओकील केसीले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

पर्यटकियस्थल झाँक्रीपानीमा भ्युटावर निर्माण सुरु

म्याग्दी, ८ चैत । ८ हजार १६७ मिटर अग्लो धौलागिरी हिमालको दृष्य नजिकबाट अवलोकन गर्न सकिने मंगला गाउँपालिका–४ झाँक्रीपानीमा भ्युटावर निर्माण कार्य सुरु गरिएको छ । धौलागिरि, निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने झाँक्रीपानीमा पर्यटकहरुको  आकर्षणका लागि भ्युटावर निर्माण गर्न लागिएको हो । प्राकुतिक सुन्दरताले... पुरा पढ्नुहोस

मोनाको महिला र बालबालिकाको अक्षयकोषमा मोना स्पेनद्धारा रु ४ लाख ३६ हजार सहयोग

बेनी, ८ चैत । प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले स्थापना गर्न लागेको महिला र बालबालिकाको क्षेत्रमा परिचालन गर्ने अक्षयकोषमा ४ लाख बढी सहयोग प्राप्त भएको छ । मोनाले घोषणा गरेको रु १ करोडको अक्षयकोषमा स्पेनमा रहेका म्याग्देलीहरु  र  अन्य सहयाेगदाता  मार्फत रु ४ लाख ३६ हजार... पुरा पढ्नुहोस

शिखका युवा युवतीलाई कुक तालिम

सेते तिलिजा पुन शिख ८ चैत । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको पर्यटकीय गाउँ शिखका युवा युवतीहरुका लागि आयोजित कुक तालिम सुरु भएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा प्राबिधिक तथा व्यवसायिक सिप तालिम केन्द्र (सिटिइभिटी)को अन्तरगत धौलागिरि प्राबिधिक शिक्षालय मुस्ताङको आयोजनामा सुरु भएको तालिममा १० जना युवा... पुरा पढ्नुहोस

आफन्तको स्मृतिमा बाटो निर्माण

सेते तिलीजा शिख ८ चैत । अन्नपूर्ण गाउँपालिका ५ शिखमा एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा स्वास्थ्य चौकी सम्म पूग्ने बाटो निर्माण सुरु गरेका छन् । शिख देउरालीको मुल सडक देखि स्वास्थ्य चौकी सम्म पुग्ने पक्कि सडक निर्माण गर्न लागेका हुन् । शिखको स्वाँतका स्वर्गीय भनदेव तिलीजाको स्मृतिमा बेलायतमा बसोबास गर्दै... पुरा पढ्नुहोस

अर्मनमा सडक विस्तार सुरु

सिजन रोका बाबियाचौर ७ चैत । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर देखि बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । संघीय सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत बाबियाचौर देखि ताराखोला जोड्ने सडक अन्तरगत मंगला ५ मा पर्ने पोक, नेता, अर्मन, किमचौर हुदै देउराली खण्डमा स्तरोन्नति गर्न लागिएको छ... पुरा पढ्नुहोस

गलेश्वर, राम र गायत्री मन्दिरको एकिकृत विकासको पहल

सन्तोष गौतम  बेनी ७ चैत ।  कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेका म्याग्दी र पर्वतका तीन वटा धार्मिक स्थलको एकिकृत विकासको पहल गरिएको छ । हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको बेनपा ९ स्थित गलेश्वरमा आउने भक्तजनलाई राममन्दिर र गायत्री मन्दिरमा भित्र्याउन पहल गरिएको हो ।... पुरा पढ्नुहोस

शान्ति समितिका संयोजकहरुलाई सम्मान

बेनी ७ चैत । भुपु प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नवौ स्मृति दिवस पारेर बिहीबार बेनीमा स्थानीय शान्ति समितिका तत्कालिन संयोजकहरुलाई सम्मान गरिएको छ । जिपी फाउण्डेशन म्याग्दीको आयोजनामा नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालयमा भएको कार्यक्रममा वि.स २०६६ देखि २०७४ सम्म स्थानीय शान्ति समितिको संयोजक भएका १३ जनालाई शान्ति प्रक्रियामा योगदान... पुरा पढ्नुहोस

मौवाफाँट र काउलेगौँडा जोड्ने अग्लो झोलुङ्गे पुल निर्माण, घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्यो (भिडियो सहित)

कमल खत्री बेनी, ७ चैत ।  म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट र बेनी नगरपालिका–९ काउलेगौँडा जोड्ने गरि रघुगंगा नदीमा अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुबै तर्फको थाकानको डिलमाथि निर्माण गरिएको १२१ मिटर लामो झोलुङ्गे यस पुल यस क्षेत्रकै अग्लो पुल भएको बताइएको छ । https://www.youtube.com/watch?v=mrlY3l8tHUs सस्पेन्सन ब्रिज डिभिजन ललितपुर... पुरा पढ्नुहोस