ताजा अपडेट
कोरला नाकामा लोमनथाङ गाउँपालिकाले प्रबेशद्धार बनाउने, सवा एक कराेड बजेट विनियाेजन
- 5 बर्ष, 4 महिना अगाडि
- १७ कार्तिक २०७६, आईतवार
कमल खत्री म्याग्दी १७ कात्तिक । पछिल्लो समय निकै चासोको केन्द्र बनेको मुस्ताङको कोरला नाकामा लोमनथाङ गाउँपालिकाले प्रदेशद्धार निर्माण गर्ने भएको छ । नाका सञ्चालनको लागि नेपाल र चिनबिच सम्झौता भैसकेको यस नाकामा नेपालतर्फको भू–भाग भूर्वाधार विहिन भैरहेको सन्दर्भमा गाउँपालिकाले प्रवेशद्धार निर्माणको सुरसार थालेको हो । चालु आर्थिक बर्षको बजेटबाट... पुरा पढ्नुहोस
बेनपा–६ का युवाहरु संगठित
- 5 बर्ष, 4 महिना अगाडि
- १७ कार्तिक २०७६, आईतवार
म्याग्दी १७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–६ का युवाहरु सामाजिक कार्यको लागि युवा क्लब गठनको लागि संगठित भएका छन् । शनिवार भएको एक भेलाले नारायण प्रसाद पौडेलको अध्यक्षतामा युवाहरुको समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रामचन्द्र पौडेल, सचिब जिवन प्रसाद पौडेल, सहसचिबमा मनोज बानियाँ, कोषाध्यक्षमा कान्ति पौडेल र सहकोषाध्यक्षमा... पुरा पढ्नुहोस
गाई संरक्षण गर्न मिलनचोकमा नेपालमै पहिलो ‘गौमहोत्सव’ आयोजना (भिडियो सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- १७ कार्तिक २०७६, आईतवार
कमल खत्री म्याग्दी १७ कात्तिक । स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मंसिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गरिएको हो । वडा नम्बर ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण... पुरा पढ्नुहोस
लोकदिप सहकारीको छैठौ साधारणसभा सम्पन्न
- 5 बर्ष, 4 महिना अगाडि
- १७ कार्तिक २०७६, आईतवार
म्याग्दी १७ कात्तिक । सहकारीले उत्पादनमुखी क्षेत्रलाई प्राथमिता दिएर लगानी गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा छैंठौ साधारणसभा शनिबार उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पादनमुखी क्षेत्रमा लगानीमा जोड दिनुभयो । मेयर... पुरा पढ्नुहोस
उपचार खर्च जुटाउन देउसी भैलो आयोजना
- 5 बर्ष, 4 महिना अगाडि
- ८ कार्तिक २०७६, शुक्रबार
म्याग्दी, ८ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– राखु भगवतीमा उपचार खर्च जुटाउन देउसी भैलो आयोजना गरिएको छ । रघुगंगा विद्यार्थी मञ्च मुक्तिधाम मावि शाखाको आयोजनामा उपचार खर्च जुटाउन भैलो कार्यक्रम राखिएको हो । साँस्कृति जर्गेनाकाको साथै राखु भगवतीका मृगौला पीडित २६ बर्षिय ठाकुर परियार र राखु पिप्लेकी ४२ बर्षिय क्यान्सर... पुरा पढ्नुहोस
देउसी भैलोको समय ९ बजेसम्म ?
- 5 बर्ष, 4 महिना अगाडि
- ८ कार्तिक २०७६, शुक्रबार
म्याग्दी, ७ कात्तिक । देउसी भैलो खेल्नका लागि म्याग्दीमा रातको ९ बजेसम्म्म समय सिमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले तिहारलाई ब्यवस्थित रुपमा मनाउनका लागि ९ बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेका हुन् । सास्कृतिक महत्व बोकेको तिहार पर्वमा देउसीभैलोसंगै मनोरञ्जनात्मक कार्यक्रमहरु बेलुकी रातको ९ बजेसम्म गर्न संघसंस्था,... पुरा पढ्नुहोस
रत्नेचौरको फाँटमा धान झुलेको छ………. ! (फोटो कथा)
- 5 बर्ष, 4 महिना अगाडि
- ७ कार्तिक २०७६, बिहीबार
म्याग्दी ७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा लटरम्म फलको धानबाली । रत्नेचौरको सम्मो फाँटमा गरिएको धान खेतिले यस क्षेत्रको सुन्दरता समेत बढाएको छ । यहाँबाट धवलागिरी हिमालको मनोरम दृष्य समेत अवलोकन गर्न सकिन्छ । म्याग्दी र बागलुङको सिधा सम्पर्क जोड्ने बेनी–बागलुङ सडक छेवैमा रहेको रत्नेचौरको धान खेतका फाँटमा... पुरा पढ्नुहोस
तेस्रो उत्साही कप’ फुटवल प्रतियोगिता सुरु
- 5 बर्ष, 4 महिना अगाडि
- ७ कार्तिक २०७६, बिहीबार
पर्वत, ७ कात्तिक । जलजला गाउँपालिका –३ पर्वत बेनीमा नव उत्साही समुहको आयोजनामा तेस्रो उत्साही कप’ फाइव ए साइड फुटवल प्रतियोगिता विहिबार देखि सुरु भएको छ । ४० टिम सहभागि भएको तेस्रो उत्साही कपको उद्घाटन प्रतिनिधि सभाका सदस्य पदम गिरिले गरेका हुन् । शुभदिपावलीको अवसरमा फाइव ए– साइड फुटवल... पुरा पढ्नुहोस
यस्तो बन्नेछ गौतमबुद्ध क्रिकेट रंगशाला
- 5 बर्ष, 4 महिना अगाडि
- ७ कार्तिक २०७६, बिहीबार
चितवन - भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डीपीआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि निर्माणकर्ताले छलफल गरिरहेका छन् । बुधबार आयोजित कार्यक्रममा डीपीआर बनाउँदै गरेको क्रियटिभ डिजाइन आर्किटेक्स प्रालिले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो ।... पुरा पढ्नुहोस
छापमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु
- 5 बर्ष, 4 महिना अगाडि
- ७ कार्तिक २०७६, बिहीबार
म्याग्दी ७ कात्तिक । छाप युवा क्लब बेनी नगरपालिका–६, छाप म्याग्दीको आयोजनामा बुधबारदेखि चौथो छाप मेला–२०७६ अन्तर्गत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसर पारेर आउँदो शनिबारसम्म विविध कार्यक्रमहरु सञ्चालन गरिएको हो । विविध कला, संस्कृति र खेलकुदको स्थानीयस्तरमा प्रवद्र्धन तथा... पुरा पढ्नुहोस