नेपालमा एकैदिन ४२५ जनामा कोरोना संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

  • ३२ जेष्ठ २०७७, आईतवार
  • 1337 पटक पढिएको

काठमाडौं ३२ जेठ । नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आईतवार थपिएका संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेको छ । जसमा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् । यस्तै बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् ।

यसैगरी कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएपछि मृतकको संख्या कूल १९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
यसैबिच नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ । निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको गौतमले जानकारी दिए ।