योजना कार्यान्वयनमा हुने डुब्लिकेशनमा सचेत हुन मन्त्री पुनको आग्रह

  • ३१ जेष्ठ २०७७, शनिबार
  • धिरन खत्री
  • 1172 पटक पढिएको

 

म्याग्दी, ३१ जेठ । जिल्लामा संचालन भएका विकास आयोजना कार्यान्वयनमा हुने डुब्लिकेशनमा सचेत रहन स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, ईन्जिनियर र उपभोक्ता समितिलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले आग्रह गरेकी छन् ।


जिल्लामा प्रदेश सरकारले संचालन गरेको योजनाको प्रगति र कार्यान्वयन अवस्था बुझ्न आएकी मन्त्री पुनले सानासाना विकास योजनामा तिन तहको सरकारको तालमेल नमिल्दा एउटै योजनामा डवल बजेट पर्ने र भुक्तानीका लागि डुब्लिकेशन हुने समस्याबाट जोगाउन जनप्रतिनिधि, कर्मचारी, प्रदेश कार्यालय, अनुगमन समिति र ईन्जिनियरले ध्यान दिनुपर्नेमा जोड दिईन । उनले विकास आयोजनाहरु जनताको सेवासुविधाको लागि भएको बताउदै राजनीति पुर्वाग्राही नराखी आयोजनाहरु समयमै सम्पन्न गर्ने वातावरण मिलाउन सबैले ध्यान दिनुपर्ने बताईन ।


मन्त्री पुनसंगै प्रदेश सांसद विनोद केसी, प्रदेश अनुगमन समितिका संयोजक सासंद कुमार खड्का, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उपस्थितमा प्रदेशका योजनाहरु कार्यान्वयनको अवस्थाबारे छलफल भएको थियो । सांसद केसीले सम्पन्न योजनाहरु गुणस्तर परिक्षण गरेर भुक्तानी प्रक्रिया अघि बढाउन कार्यालय प्रमुख र ईन्जिनियरलाई आग्रह गरेका छन् ।

जिल्लामा योजनाहरुको प्रगतिको समिक्षा गर्दै भएको छलफलले संचालित योजनाहरु समयअवधिभित्र सम्पन्न हुनुपर्ने, योजना संचालन भएको वडामा दोहोरो बजेट नपरेकाे सिफारिससहित प्राविधिक मूल्याकंनको आधारमा भुक्तानी समयमै दिने निर्णय गरिएको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालका प्रमुख कुमार बहादुर खड्काले बताए ।
जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयमा भएको अन्तरक्रियामा इन्जिनियर राजन सापकोटाले प्रदेशका ४५ ओटा योजनामध्ये २१ वटा योजना सम्पन्न भएको बताउदै भुक्तानीको लागि अन्तिम चरणमा रहेको बताए । प्रदेश अन्तरगत क्षेत्र नम्वर क मा २४ वटा योजना मध्य १३ वटा सम्पन्न भएको छ, भने क्षेत्र नम्वर ख मा ८ ओटा योजना सम्पन्न भएको अन्य योजनाहरुमा काम भईरहेको रहेको जानकारी गराए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l