क्वारेन्टिनमा राख्न बागलुङ ल्याइदै गरेका युवा भीरबाट हाम फाल्दा गम्भीर घाइते

  • १ असार २०७७, सोमबार
  • 1261 पटक पढिएको

पर्वत १ असार । क्वारेन्टिनमा राख्नका लागि सिमानाकाबाट बसमा उद्धार गरी बागलुङ ल्याइदै गरेका एक युवाले भीरबाट हाम फाल्दा सक्त घाइते भएका छन् । पोखरा बागलुङ राजमार्गको पर्वत कुस्मा नगरपालिका ८ को चुवाको भीरमा बस फसेको अवस्थामा बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान भीरबाट हाम फालेका हुन् ।


सुनौलीबाट उद्दार गरि बागलुङ तर्फ ल्याउने क्रममा पहिरोले बस रोकिएको अबस्थामा भीरबाट हाम फालेका नेपाली गम्भीर घाइते भएका छन् । घाइते नेपालीको पर्वत अस्पतालमा उपचार भइरहेको छ । स्थिति गम्भीर भएका कारण थप उपचारका लागि पोखरा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका  प्रहरी नायब उपरिक्षक बिश्वराज अधिकारीले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार उनी गाडी भन्दा केहि पछाडी गएर हाम फालेको पाईएको र यसबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका भारतबाट आएका नागरिक सवार थिए ।