ब्यवसायिक बाख्रापालनमा ब्यस्त युवा

  • ३२ जेष्ठ २०७७, आईतवार
  • धिरन खत्री
  • 1794 पटक पढिएको

 

म्याग्दी, ३२ जेठ । स्वदेशमा सम्भावना नदेखेर विदेश गएका म्याग्दीका युवाहरु सहज काम र काम अनुसारका तलव नपाएपछि गाउँ फर्किएर विभिन्न पेशामा अगालेर मेहनत र परिश्रम गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण समाज देखाएका छन् ।

७ बर्षअघि विदेशबाट फर्किर स्थानीयजातका बाख्रा किनेर म्याग्दीका रघुगंगा गाउँपालिका –२ ओखरबोटका २९ बर्षिय युवा भगवान कटुवालले ब्यवसायिक बाख्रापालन गरेका छन् । स्थानीय रुपमा बनजंगलको घासलाई सदुपयोग गर्दै कटुवालले ब्यवसायिक रुपमा एकसयभन्दा बढी बाख्रा पालन गर्दै आएका छन् ।

उमेर २९ बर्षिय युवा कटुवालले विगत ६ बर्षदेखि सज्जन कृषि बाख्रा फर्मबाट सुरु गरेको बाख्रापालन ब्यवसायलाई चरणको लागि वडाको ठुलो बनको घासलाई बार्षिक ३५ हजारमा किनेर चरणको ब्यवस्था मिलाएका छन् ।

घर नजिक पुगेको सडकले उन्को बाख्रा, बोका र खशी विक्रिमा सहज गराएको छ । उन्को बाख्रा ब्यवसाय थप ब्यवसस्थित बनाउन प्रदेश अन्तरगतको भेटेरीनरी तथा पशु कार्यालयबाट यस आर्थिक बर्षमा २ लाख ५० हजार अनुदान पाएर खोरपनि निर्माण गरेका छन् ।

बाख्रापालनसंगै सिजनअनुसार भेडाच्याङ्ग्रा, खशी, बोका खरिद गर्दै विक्रिमार्फत घरखर्चसंगै बार्षिक ४ लाख आम्दानी गर्दै आएका उनले बताउछन् । नगदे बालीको रुपमा परिचित उन्को ब्यवसायमा बुबा डवलबहादुर कटुवालले साथ दिएका छन् ।

ब्यवसायिक रुपमा बाख्रापालन गर्दै ब्यवसायिहरुलाई विभिन्न रोग र महामारीबाट बाख्रा गोठलाई जोगाउन स्थानीय सरकारले सुलभ भेटेनरी अस्पतालसंगै पशु डाक्टरहरु राख्न आवश्यक देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l