रिसिनचौतारीमा ब्यवसायिक केरा खेती सुरु

  • ३० जेष्ठ २०७७, शुक्रबार
  • धिरन खत्री
  • 1937 पटक पढिएको

म्याग्दी, ३० जेठ । रोजगारीको शिलशिलामा प्रदेशिएका म्याग्दीका युवाहरु गाउँ फर्किएर परम्परागत खेती र रुख विरुवाले भरिएको पाखो जमिनलाई सदुपयोग गर्दै ब्यवसायिक रुपमा केरा, फलफूल र तरकारी खेती सुरु गरेका छन् । बर्षैादेखि मकै कोदो बालीसंगै रुख विरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले ब्यवसायिक केरा खेतीबाट आम्दानी सुरु गरेका छन् ।


आरम्भ कृषी तथा पशु फार्मबाट सुरु गरिएको ब्यवसायिक केरा खेतीलाई मुख्य पेशासंगै दुईओटा पलास्टिक पोखरीमा तीन हजार माछाका भुरा हालेर माछापालन, भईकटर, तरुल र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । तिन बर्षदेखि सुरु गरेको केरा फर्मको रेखदेख र गोडमेलमा उन्का बुबा खिमबहादुर कटुवालले दैनिक रुपमा गर्दै आएका छन् ।


एक हजार केराका विरुवा लगाएका कटुवालले सिचाईका लागि हालसम्म ब्यक्तिगत ७ लाख लगानी गरेको बताए । ब्यवसायीक केरा खेतीमा सिचाईका लागि खरीया खोलाबाट १६ सय मिटर पाईप र बनाखी खोलाबाट ९ सय मिटर पाईपबाट पानी लिएर बाह्मासे रुपमा सिचाई ब्यवस्था मिलाएका छन् । उन्को फर्ममा ब्यवसायिक रुपमा बाईस नङ्ग्रे, मालढुंगे, ध्रुसे, चिनि लगायतका प्रजातिका केरा खेती गरेका छन् ।

उत्पादन गरेको केरा विक्रिका सदरमुकाम बेनी, पर्यटकियस्थल घोरेपानी, मल्लाज लगायतको क्षेत्रका ब्यवसायिले फर्मबाटै किनेर लजाने गरेको कृषक रमेशबहादुर कटुवालले बताए । ३ बर्षदेखि सुरु गरेको केराखेतीबाट आगामी बर्षमा ३ देखि ४ लाख रुपैया आम्दानी गर्ने लक्ष रहेको उनले भने ।


“अन्न बालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि छिटो हुने भएकाले अनुकूल हावापानी र सडकसंगै बजार सुविधाले ३ बर्षदेखी केरा खेती विस्तारमा मेहन छ,” उनले भने । आगामी दिनमा केरा खेतीबाट भएको आम्दानीलाई थप केराखेती विस्तारमा लगानी गर्ने लक्षसहित स्थानीय रुपमा लोक्कल बाख्रा र कुखुरा पालन गर्ने योजना समेत राखेका छन् ।


पुर्खौदेखी केराखेती हुन्छ भन्ने प्रमाणित भएको रिसिनचौतारीलाई वडाले केराको पकेट क्षेत्र घोषणा गरेको छ । कटुवालको केरा खेती देखेर स्थानीय अन्य युवाहरुले पनि केरा खेती विस्तारमा लागेका छन् । केरा खेतीको पकेट क्षेत्र घोषणासंगै कृषकका लागि सिचाई ब्यवस्था, प्राविधिक तालिम, छिटोछरितो तरिकाले गोडमेल गर्ने मेशिनहरु उपलब्ध गराउन स्थानीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l