ताजा अपडेट

मञ्चको परिकल्पना दिवसको अवसरमा ट्राफिक प्रहरीलाई मञ्चद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

अमिर रामदाम चितवन, १० वैशाख । पुर्ख्यौली थलो धौलागिरी अञ्चल क्षेत्र भित्र पर्ने विभिन्न भूभागबाट बसाई सराई गरि हाल चितवन जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सम्पूर्ण विश्वकर्मा समुदायलाई एकआपसमा परिचय गराउने, सम्पर्क बढाउने, भाइचाराको सम्बन्ध स्थापित गर्ने र दलित आन्दोलनको शिखर पुरूष स्वर्गीय भगत सर्वजित विश्वकर्माको इतिहासलाई खोज, अध्ययन, प्रवर्द्धन... पुरा पढ्नुहोस

रुकुम चौरजहारी जान गोरखादेखि म्याग्दी आएका मजदुरलाई यसरी भयो उद्धार (भिडियो सहित)

https://www.youtube.com/watch?v=odZKOmoCSac   म्याग्दी १० वैशाख । गोरखामा मजदुरी गर्ने रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ९ जना मजदुरहरुको बेनीबाट उद्धार भएको छ । पैदलै घर जाने निचोडले गोरखाबाट पोखरा, कुस्मा हुँदै बेनी आएका मजदुरहरुलाई प्रशासन, पत्रकार, उद्योग बाणिज्य संघ र मजदुर संगठनको पहलमा उनीहरुलाई बेनीबाट बागलुङ, बुर्तिबाङ हुँदै रुकुम पु¥याउने गरि उद्धार... पुरा पढ्नुहोस

कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ

म्याग्दी १० वैशाख । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, थप २ जना डिस्चार्ज

काठमाडौं, १० बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या आज पनि थपिएको छ । आज थपिएका ३ जनासंगै नेपालमा कोरोना संक्रमित हुनेको सख्ंया ४५ पुगेको छ । धरानमा भएको पीसीआर परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४, ६० र ७२ वर्षका नागरिकमा कोरोना पोजेटिभ देखिएको... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, एकैदिन थपिए ११ बिरामी

म्याग्दी ९ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ४२ पुगेको छ । मंगलवार उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट म्याग्देली चेलीकाे नेदरल्याण्डमा निधन

नेदरल्याण्ड, ७ बैशाख । यूरोपेली मुलुक नेदरल्याण्डमा बसोवास गर्दै आएकी एक नेपाली महिलाको कोरोना भाइरस संक्रमणको कारण ज्यान गएको छ । ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । म्याग्दीकाे मालिका गाउँपालिका ६ रातढुंगा घर भई  श्रीमान र २ बच्चासहित १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएकी भट्टचन चिकित्सकको... पुरा पढ्नुहोस

बुबाको किरिया भेटाउन मुस्ताङदेखि बाँकेतर्फ लागेका मजदुरको मन छुने कहानी (भिडियो सहित)

कमल खत्री म्याग्दी ७ वैशाख । बाँकेको कोहलपुर नगरपालिका– १२ निबुवाका ३६ बर्षिय रत्नबहादुर बुढा मजदुरीको शिलसिलामा मुस्ताङतर्फ लाग्दा घरमा बुबा विरामी थिए । दमका विरामी बुवाको उपचार खर्च जुटाउन साढे १ महिना अघि मुस्ताङतर्फ हानिएका बुढाले आफ्नो बुवाको अन्तिम पटक अनुहार समेत देख्न पाएनन् । https://www.youtube.com/watch?v=agr7UyRQmek&t=18s वैशाख ३ गते... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा कोरोना रोकथाम कोषमा एक करोड विनियोजन, दश शैयाको आइसोलेशन वार्ड बनाउने

म्याग्दी ७ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि रु एक करोड बजेट बिनियोजन गरेको छ । कोरोना नियन्त्रणको लागि लकडाउन घोषणा संगै रु पचास लाख बजेट बिनियोजन गरेको नगरपालिकाले आईतवार थप रु ५० लाख बजेट विनियोजन गरेको हो । आईतवार नगरप्रमुख... पुरा पढ्नुहोस

लकडाउनमा रत्नेचौरको अबस्था ‘आवत जावतमा कडाइ, जनजिवन सामान्य’ (भिडियो रिपोर्ट सहित)

म्याग्दी ६ वैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र न्युनिकरणको लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनको समय करिब एक महिना पुग्दै छ । लकडाउनको कारण विकास निर्माण योजनाहरु प्रभावित बनेका छन भने जनजिवन समेत स्वभाविक रुपमा प्रभावित बनीरहेको छ । https://www.youtube.com/watch?v=45rGa1W6SJ0&feature=youtu.be   यस सन्दर्भमा २... पुरा पढ्नुहोस

जिसी क्रसरद्धारा सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग

म्याग्दी ६ वैैशाख । बेनीका युवा व्यवसायी नारायण जिसीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन अग्रपक्तिमा रहेर खटिएका सुरक्षा निकाय,स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । जिसी क्रसर उद्योगका संचालक समेत रहेका युवा व्यवसायी जिसीले शनिबार नेपाली सेना ,शसस्त्र प्रहरी र म्याग्दी मिडिया सोसाइटीलाई मास्क, स्यानीटाइजर र हातधुने साबुन... पुरा पढ्नुहोस