नेपालमा कोरोना संक्रमितको संख्या साढे ६ हजार नाघ्यो

  • २ असार २०७७, मंगलवार
  • 1068 पटक पढिएको

काठमाडौं २ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८०जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिएका हुन् ।

देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा थपिएका नयाँ संक्रमितसंगै कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना संक्रमित पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । सरकारले हालसम्म पीसीआर विधिबाट एक लाख ४३ हजार ७ ३८ र आरडीडीटीबाट २ लाख २३ हजार ५१९ जनको परीक्षण गरेको जनाएको छ । नेपालमा हालसम्म १ हजार १ सय ५८ जना निको भएर घर फर्किएका छन भने १९ जनाको मृत्यु भएको छ ।