म आगो हुदा हजुर पानी,हजुर आगो हुदा म पानी बनम नि हुन्न ?

  • २ असार २०७७, मंगलवार
  • 5915 पटक पढिएको

सृजना पौडेेल,म्याग्दी ।

कहिले काहीँ यस्तो होला मेरो गल्ती नि हुन्न
हजुर पनि सायद सधैं सहि हुनुहुन्न,
दुबै आगो भए त पोल्छ नि, जल्छ सम्बन्ध
म आगो हुदा हजुर पानी,हजुर आगो हुदा म पानी बनम नि हुन्न ??

म हजुरलाई बुझ्ने कोसिस गर्छु,सकभर हजुर धेरै बोल्न नपरोस आखाँ पढ्ने कोसिस गर्छु,
हजुर पनि मेरो रिस भित्र लुकेको माया खोज्ने कोसिस गर्नुस न हुन्न ??

जानी नजानि म सघाम्ला हजुर को काममा
मैले गरेको कामलाई श्याबास दिदै नजानेको काम सिकाउनुस न हुन्न ??

सधै एकैनास का हुन्छ र शरिर, थाक्छ अल्छि नि लाग्छ यो ज्यानलाई ,
हजुर फुर्सदमा हुदा एसो भान्सामा हात बताउनुस न हुन्न ??

केटि हो हल्का नख्रा त भैहल्छ नि, रिसाम्ला घुर्काम्ला पनि
म रिसाउदा झर्को नमानि एसो चक्लेट लिहि फकाउनुस न हुन्न ?

हजुर सधै अघि बढ्नु, चरम प्रगती होस म हजुरको साथ मा छु,
हजुर पनि मलाई संगै संगै डोराउनु न हुन्न?

हो हुन त हजुर लाई केही हुदा मेरो मुटु थरथराउछ
तर कमजोरि भन्दा नि एक अर्काको तागत बनुम न हुन्न ??

हजुरको नामको सिन्दुरले मेरो सिउदो रङगाउछु सधै
हजुर पनि मलाई त्यो धद्कनमा सजाउनुस न हुन्न ??

म आगो हुदा हजुर पानी,हजुर आगो हुदा म पानी बनम नि हुन्न ??

के छ त नि हालखबर ज्वाइँ, भेना,दाइ को भन्दा म लजाउछु
हजुर पनि कसैले मेरो नाम लेउदा मन्द मुस्कान सहित सरमाउनु न हुन्न ??

थाहा छ नि, सधै एकैनास हुन्न, हजुर रिसाउदा म फकाउछु,
म रिसाउदा घुर्की नलाइ मिठाे मुखले मनाउनुस न हुन्न ??

अन्जानमा गल्ती होला म बाट नि कहिलेकाहीँ,
थर्काउनुको सात्तो किन यस्तो गरको यस्तो गर्न हुन्न नि गलत हो भन्दै सम्झाउनु न हुन्न ??

किचकिचे, चोथाल्नी छु नि, धेरै बोल्नी ,कतिखेर के बोलनि थाहा पाउन्न,
कहिलेकाहीँ केही बोलम्ला नचाहिदो सबैको अघि हजुरले कुरा मिलाएर समाल्नु न हुन्न ??

हजुरलाई थाहा नदिइ म त्यो गाला सुम्सुलाम्ला,
हजुरले नि बिना सित्ती माया गर्नु गालामा अनि यी हात समाउनु न हुन्न ??

पिरियड्स हुदा सारै पेट दुख्छ नि मेरो, आढैमा बस्नुस तातो पानीले सेक्दिनुस अनि केही दिन मुड स्विंग सहिदिनुस न हुन्न??

हजुर थाकेर आउदा कतै बाट म मालिस गर्दिन्छु नि हजुर को सिर, कुम ,पाउ
मेरो पनि मेरो टाउको दुख्दा तेल लगैदिनुस न हुन्न ?

रथका दुई पाङग्रा हामी दुबै नमिले रथ चल्दैन,
दुबै मिलि यो हाम्रो सम्बन्ध सुमधुर बनाउँ न हुन्न ??

ल म पनि हजुरले भने झै टिकटक कम चलाम्ला,
हजुर पनि त्यो मोबाइल पर राख्नुस, यो सम्बन्ध मजबुत राख्न दुबै हल्का समायोजन गरौँ न हुन्न ??

दिक्क लाग्ने छु नि म, किचकिच गर्नी, रिसाउनी,
त जस्तै छेस माया लाग्दि छेस भन्नुहुन्छ नि, कृपया एसै गरि माया गर्नुस, माया नघताउनुस न हुन्न??

कहिलेकाही मैले कम महसुस गरम्ला,
भबिस्य सम्झेर डराम्ला पनि,
हौसला दिदेै, मेरो प्रेरणा बन्दै मलाई प्रोत्साहित गर्नुहोस् न हुन्न ??
* * **

कथामा, चलचित्रमा, कार्तूनमा देखाएको
परि कथा जस्तो हुन्न नि वास्तविक जिबनमा,
कुनै पनि सम्बन्धमा झगदा,भन्सुन, रिसाउनि फकाउनी, रुथनि मनाउनी,चाहिँ चलिनैरहन्छ है ।
यती हो माया धेरै होस,झगदा नि होस, भनाभन नि होस, व्यंग्य नि होस, घुर्कि नि होस, फुर्ती नि होस,
चाहे जे होस, तर सम्बन्ध को जग,मुटु को बिस्वाश अनि मायाको जडान कमजोर कहिले पनि नहोस ।

मलाई ब्यक्तीगत रुपमा के बिस्वाश लाग्छ भने
सानो तिनो मनमुताब ,झगदा हुनुमा त्यस्तो फरक पर्दैन अझ भन्नुपर्दा, त्यसपछि बोल्दा या मिल्दा यस्तो लाग्छ कि मानौ,
बारिको नचाहिदो झार गोडियो जस्तो,
बादल फाटेर आकाश खुलियो जस्तो,
साच्ची भन्दा फेरि लभ परे जस्तो,
गरिराख्ने माया बढे जस्तो।।

Never give up on your relation unless it’s hurting you internally or mentally