म्याग्दीका थप १५ जनाकाे स्वावको पीसीआर रिपोर्ट नेगेटीभ

  • २ असार २०७७, मंगलवार
  • 991 पटक पढिएको

म्याग्दी, २ असार । भारतबाट आएका समेत गरि बेनीको क्वारेनटाइनमा बसेकाहरुमध्ये थप १५ जनाको स्वाव पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जेठ २५ गते पीसीआरका लागी स्वाब नमुना संकलन गरिएका भारतबाट आएका १२ जना, एम्बुलेन्स चालक एक र मजदुर दुई जना गरि १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

म्याग्दीमा अहिलेसम्म भारतबाट आएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको बेनीको आइसोलेसन कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ भने स्वास्थ्य अबस्था सामान्य रहेको छ । जिल्लाबाट अहिलेसम्म नमुना संकलन गरिएकामध्ये १९१ जनाको रिपोर्ट नेगेटीभ आएको छ भने अझै ३० जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।