होटललाई डिजीटलाइज गर्न येस्सूनर एप

  • २ असार २०७७, मंगलवार
  • 1105 पटक पढिएको

सन्दिप शर्मा म्याग्दीे । म्याग्दीमा होटल वयवसायिहरुलाई एकिकृत गर्न येस्सुनर एप आउने भएको छ । जिल्ला भित्र सञ्चालित होटलहरुलाई डिजिटलाइज गर्ने उदेश्यका साथ येस्सूनर एप ल्याउन लागिएको एपका म्याग्दी कोअडिनेटर प्रज्वल शर्माले बताउनु भयो ।

यो एपमा होटलहरुको विवरण, होटलको कोठाको फोटा, होटलमा उपल्ब्ध हुने खानाको परिकारहरुको विवरण र शुल्क, होटलको लोकेसन, सम्पर्क नम्बर सबै उल्लेख गरिनुका साथै विना झन्जट ग्राहाकले सजिलै होटलको रुम बुकिङ गर्न सक्ने शर्माले बताउनु भयो ।

पि.बि कम्पनी र शर्माको साझेदारीमा म्याग्दीमा एप लन्च गर्न लागिएको हो । विश्व कोरानाको महामारीका कारण प्रर्यटन तथा होटल व्यवसायिमा हुन गएको असर लाइ कम गर्न तथा ग्राहकहरु असुरक्षित रुपमा होटल खोज्दै हिड्नु पर्ने बाध्यताको अन्त्य गर्नका लागि एप ल्याउन लागेको शर्माको भनाइ छ । एपको माध्यम बाट घरमा खाजा समेत मगाउन सकिने शर्माले बताउनु भयो ।