साेमबार नेपालमा ४५१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ६२११ पुग्यो

  • १ असार २०७७, सोमबार
  • 977 पटक पढिएको

काठमाडौं १ असार । नेपालमा साेमबार थप ४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थपिएकाहरुमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

नयाँ थपिएकासंगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या ६२११ पुगेको छ । आईतवार ६७ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको गौतमले जानकारी दिए । नेपालमा भारतबाट आएकाहरुमा कोरोना संक्रमण देखिएको छ ।

भारतबाट आउनेहरुको सख्ंया बढ्दै जाँदा संक्रमितको सख्ंया समेत बढ्दै गएको छ ।

नेाट यसअघी साेमबार हुनुपर्नेमा अाइतवार हुन गएकाेमा क्षमा चाहन्छाैँ ।