ताजा अपडेट
मंगलामा रु ४२ करोड बढीको बजेट पारित ( तस्बिर सहित)
- 3 बर्ष, 7 महिना अगाडि
- ११ असार २०७८, शुक्रबार
बेनी १० असार । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र बावियाचौरमा आयोजित एघारौँ गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष सिर्जना केसीलेले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको... पुरा पढ्नुहोस
मालिका गाउँपालिकामा पचास करोड ४३ लाखको बजेट सार्वजनिक (तस्बिर सहित)
- 3 बर्ष, 7 महिना अगाडि
- ११ असार २०७८, शुक्रबार
दरबाङ, १० असार । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख, पुजिगत तर्फ १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ... पुरा पढ्नुहोस
बेनी नगरपालिकाद्वारा ६६ करोड बजेट सार्वजनिक
- 3 बर्ष, 7 महिना अगाडि
- ११ असार २०७८, शुक्रबार
म्याग्दी, १० असार । बेनी नगरपालिकाले नवौं नगर सभामा आगामी आर्थिक वर्ष २०७८/७९ क लागि कुल ६६ करोड ५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरसभामा उपप्रमुख सन्जु बरुवालले उक्त रकम बजेट पेश प्रस्तु गरेकी हुन् । सार्वजनिक कुल बजेटमध्ये चालु खर्चतर्फ ४२ करोड ७८ लाख ८२ हजार... पुरा पढ्नुहोस
प्रअ कार्कीकाे हत्यापछि म्याग्दी नदीमा बेपत्ता बनाउने आरोपित सार्वजनिक
- 3 बर्ष, 7 महिना अगाडि
- १० असार २०७८, बिहीबार
म्याग्दी, १० असार । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई हत्यापछि म्याग्दी नदीमा बेपत्ता बनाएको पुष्टि भएको छ। प्रअ कार्कीको हत्यापछि म्याग्दी नदीमा बगाउने अभियुक्त सोही ठाउँका स्थानीय ३१ बर्षिय सञ्जय बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेका छन् । ब्यक्तिगत रिसिबीका कारण हत्या गरेको आरोपित... पुरा पढ्नुहोस
धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित
- 3 बर्ष, 7 महिना अगाडि
- १० असार २०७८, बिहीबार
मुना, ९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ । बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै वडा नम्बर १ गुर्जा र वडा नम्बर... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको आ.ब.२०७८/०७९ का लागी गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम (पुर्णपाठ) भिडियो सहित
- 3 बर्ष, 8 महिना अगाडि
- ८ असार २०७८, मंगलवार
रघुगंगा गाउँपालिकाका उपाध्यक्ष‚ गाउँसभाका सदस्यहरू‚ प्रमुख प्रशासकीय अधिकृत‚ गाउँपालिकाका कर्मचारीहरु‚ पत्रकारहरू एवम् उपस्थित सम्पूर्ण महानुभावहरू ! १. स्थानीय सरकार प्रमुखको रूपमा रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम यस सम्मानित सभा समक्ष प्रस्तुत गर्ने अवसर पाउँदा खुशी व्यक्त गर्दछु । २. कोभिड-१९ महामारीको दोस्रो भेरिएन्ट सहितको सङ्क्रमणले समग्र... पुरा पढ्नुहोस
मर्मतपछि बेनी–जोमसोम सडक खुल्यो
- 3 बर्ष, 8 महिना अगाडि
- ८ असार २०७८, मंगलवार
म्याग्दी ८ असार । भिषण बर्षाले अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडकखण्ड सोमबार राती मर्मतसँगै सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरना, काभ्रेभीर लगायतका स्थानमा अवरुद्ध भएको सडक मर्मतसँगै सञ्चालनमा आएको हो। गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको सडकखण्ड मर्मत लगत्तै मुस्ताङ र म्याग्दी खण्डमा रोकिएका सवारीसाधन गन्तब्यतर्फ लागेको दानाका... पुरा पढ्नुहोस
माओवादी केन्द्रद्धारा स्वास्थ्य सामाग्री सहयोग
- 3 बर्ष, 8 महिना अगाडि
- ८ असार २०७८, मंगलवार
म्याग्दी ७ असार । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सघाउन नेकपा (माओवादी केन्द्र) म्याग्दीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुको लागि माओवादी केन्द्रले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । पार्टी केन्द्रिय कार्यालयबाट प्राप्त स्वास्थ्य सामाग्रीलाई युवा र विद्यार्थी संगठनहरु मार्फत विभिन्न वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा पठाउन... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाको ४२ करोड ३० लाखको बजेट पारित
- 3 बर्ष, 8 महिना अगाडि
- ८ असार २०७८, मंगलवार
म्याग्दी, ८ असार । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा सम्पन्न तेहै गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि रु. ४२ करोड ३० लाखको बजेट पारित गरेको छ ।गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बजेट पारित भएको हो । चालुतर्फ ३१... पुरा पढ्नुहोस
रघुगंगामा ५३ करोड बढीको बजेट पारित, शिक्षा,पूर्वाधार र स्वास्थ्य क्षेत्र प्राथमिकतामा
- 3 बर्ष, 8 महिना अगाडि
- ८ असार २०७८, मंगलवार
म्याग्दी ७ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित दशौँ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको... पुरा पढ्नुहोस