काम नगर्ने ठेकेदारको बैंक जमानत जफत

  • ६ पुष २०७८, मंगलवार
  • 1367 पटक पढिएको

म्याग्दी, ६ पुस । कालीगण्डकी कोरीडोरको बेनी– जोमसोम– कोरला सडक आयोजना अन्तरगत काम नगर्ने दुई ठेकेदार कम्पनीको बैंक जमानत जफत भएको छ । आयोजनाले दुई निर्माण कम्पनीको बैंक जमानत रहेको ५ करोड ९ लाख रकम जफत गरिएको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।


खन्तीदेखि–जोमसोमसम्मको ठेक्का लिएको कोशी पपु गौरी पार्वती कोशी एण्ड न्यौपानेको ४ करोड र चराङ छोसेरसम्मको २५ किलोमिटर स्तरोन्नतीको जिम्मा लिएको तामाङ गौरीपार्वती कोसी न्यौपाने जेभिको १ करोड ९ लाख बैंक धैरौटी जफत गरिएको हो । धैरौटी जफत भएका दुइ ठेकेदार कम्पनीले २०७६ साल मंसिर देखि यता काम नगर्दा आयोजना अलपत्र परेको छ ।


खन्ती देखि जोमसोम सम्मको १८ किलोमिटर स्तरोन्न्ती र कालोपत्रेको जिम्मा लिएको निर्माण ब्यवसायी कोशी एण्ड न्यौपानले पटकपटक थप गरिएको समयमा काम नगरेपछि बैंक जमानत जफत गर्नका लागि बैंकलाई चिठि पठाएरु तकेता गरिरहेको आयोजनाका प्रमुख प्रजापतिले जानकारी दिनुभयो । यस योजनाको ६२ करोड २ लाखमा ठेक्का लिएको न्यौपानेले विगत दुई बर्षदेखि काम गरेको छैन् । निर्माणको लागि सहज, पहिरो र बाढी समस्या नभएको, स्थानीयको सहयोग र आवश्यक कच्चा पदार्थ सहज रुपमा उपलब्ध हुने यस क्षेत्रमा निर्माण कम्पनीले काम नगर्ने देखिएपछि बैंकलाई जमानत फिर्ता गर्न लागि चिठि काटिएको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

त्यस्तै चराङ छोसेरसम्मको २५ किलोमिटर स्तरोन्नतीको जिम्मा तामाङ गौरीपार्वती कोसी न्यौपाने जेभिले पटकपटक काम गर्न ताकेता नगरेपछि बैकं जमानत जफत गरिएको पराजुलीले जानकारी दिए । २६ करोडमा ठेक्का भएको यस खण्डको प्रगति ६५ प्रतिशत रहेको छ। यस खण्डको ठेकेदार कम्पनी न्यौपाने जेभिले विगत दुई बर्षदेखि काम नगरेपछि बैंक जमानत रहेको १ करोड ८ लाख बैंक जफत गरिएको आयोजना प्रमुख जगत प्रजापतिले बताए ।

अलपत्र यस खण्डकको ठेक्का सम्झौता रकम मध्ये ९ करोड मात्र बाकि रहेको छ। भौतिक पूर्वाधार मन्त्रालयले कोभिडका कारण कम्पनीलाई यही चैत महिनाभित्र काम सक्न समयसीमा दिएको छ ।