मुलाखेतीले प्रख्यात टोड्के (फोटो कथा)

  • ८ पुष २०७८, बिहीबार
  • कमल खत्री
  • 1362 पटक पढिएको

म्याग्दी ८ पुस । म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल टोड्के मुला खेतीले पनि प्रख्यात छ । नयाँ पर्यटकीय गन्तव्य बनेको टोड्केमा स्थानीयबासीले गरेको मुलाखेति पर्यटकहरुको लागि थप आकर्षण हो । सडक सञ्जाल पुगेपछि सवारी साधन सञ्चालनमा आउने भएकाले यहाँका मुला बजारक्षेत्रमा समेत निर्यात हुने गर्छ ।

चिसो हावापानीमा उत्पादन भएको अर्गानिक मुलाको स्वाद मिठो हुने भएकाले यहाँको मुला घुम्न जाने पर्यटकहरुको रोजाईमा पर्ने गर्छ । टोड्के घुम्न आउने आन्तरीक पर्यटकले समेत मुला किनेर लैजाने गर्छन भने कतिपयले मुलालाई धजरा बनाएर समेत राख्ने गर्छन । मुलाबाट धजरा, अचार, सिन्की लगायतका परिकार बनाएर समेत विक्रि गर्छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l