ताजा अपडेट

म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा विश्व ‘ब्लाइन्ड आइडल’ घोषित

कमल खत्री म्याग्दी १६ भदौ । म्याग्दीका खोमराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ घोषित हुनुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आउनुभएका दृष्टिविहिन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकाहरुलाई पछि पार्दै विश्व दृष्टिविहिन आइडलको उपाधी हात पार्न सफल हुनुभएको... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेसको चुनावी सरगर्मी

कमल खत्री म्याग्दी १६ भदौ ।  नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४ औँ महाधिवेशनको तिथि नजिकिदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ । कांग्रेस को केन्द्रिय निर्वाचन कार्यतालिकाअनुसार १८ भदौमा वडा तहको अधिवेशन हुँदै छ । एक संघीय, दुई... पुरा पढ्नुहोस

गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखियो

म्याग्दी १६ भदौ । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । विसं २०७७ फागुन १५ गते भएको कोषको १५ औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना परिवर्तन... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजकमा युवा नेता जुग्जाली चयन

म्याग्दी १५ भदौ । नेकपा माओवादी केन्द्रको जिल्ला संयोजकमा युवा नेता रेशम जुग्जाली(सुविन) चयन हुनुभएको छ । माओवादी आन्दोलनका जुझारु युवा नेता जुग्जाली मालिका गाउँपालिका ७ बिमका वडा अध्यक्ष हुनुहु्न्छ । माओवादीको मंगलबार सम्पन्न गण्डकी प्रदेश कमिटिले जुग्जालीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय भएको जिल्ला इन्चार्ज गोविन्द पौडेलले बताउनुभयो ।... पुरा पढ्नुहोस

स्थानीय सेवाका कर्मचारीको समायोजनका लागि बेनी नगरपालिकामा विद्येयक पारित

म्याग्दी १५ भदौ । म्याग्दीको बेनी नगरपालिकाले स्थानीय सेवाका कर्मचारीको तह बढाएर समायोजन र ग्रेड बृद्धि गर्न विद्येयक पारित गरेको छ । मंगलवार सम्पन्न बिशेष नगरसभाले स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मत रुपमा पारित गरेको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा शुसासन... पुरा पढ्नुहोस

१४ औँ पुस्तकालय दिवस : हिरासतमा रहेको पुस्तकालयका लागि पुस्तक हस्तान्तरण

म्याग्दी १५ भदौ । १४ औँ पुस्तकालय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा रहेको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले हिरासतमा रहेका बन्दीहरुलाई फुर्सदको समयलाई सकरात्मक अध्ययनमा सहयोग पुगोस भन्ने उदेश्यले ३० थान विभिन्न विद्याका पुस्तक हस्तान्तरण गरेको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा सामुदायिक... पुरा पढ्नुहोस

प्रधानमन्त्री कार्यालयमै बेरुजु

लेखापरीक्षणको भाषामा बेरुजु अनियमितता हैन, तर कार्यपालिकाको सर्वोच्च निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बेरुजु देखिएको छ । ससाना कार्यालयमा बेरुजु भनेर ठूलाठूला समाचारहरू आइरहँदा प्रधानमन्त्री नेतृत्वको देशको शक्तिशाली निकायमै बेरुजु देखिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको नेतृत्व मुख्यसचिवले गर्छन् भने उनकै नेतृत्वमा आधा दर्जन सचिवहरू रहन्छन् । तर,... पुरा पढ्नुहोस

आर्थिक अभाबको सामाना गरेका खत्रीको उपचारमा पोर्तुगलमा रहेका राखुबासीबाट सहयोग

म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका जीतबहादुर खत्रीको उपचारमा पोर्तुगलमा रहेका राखुबासीले आर्थिक सहयोग गरेका छन् । पोर्तुगलमा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती र वडा नम्बर ३ राखु पिप्लेका बासिन्दाहरुले आर्थिक अभाबले उपचारबाट बञ्चित हुनुभएका खत्रीको उपचारमा रु ९४ हजार ५६ नगद सहयोग गरेका... पुरा पढ्नुहोस

नेकपा (एकिकृत समाजवादी) म्याग्दीको जिल्ला कमिटि घोषणा गर्ने तयारी

भदौं १४ गते । अघिल्लो हप्ता मात्र निर्वाचन आयोगबाट मान्यता पाएको नव गठित नेकपा (एकिकृत समाजवादी) ले म्याग्दीमा पनि जिल्ला कमिटि घोषणाको तयारी थालेको छ । सोमबार सम्पन्न भर्चुअल मिटिङले चाँढै जिल्ला भेला गरेर पार्टी कमिटि गठन गर्ने निर्णय गरेको हो । वैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै केपी... पुरा पढ्नुहोस

पहिरो र बाढीको कारण ६० जना विस्थापित

म्याग्दी १४ भदौ । अविरल बर्षाको कारण आएको पहिरो र बाढीको कारण म्याग्दीमा ६० जना विस्थापित भएका छन् । पहिरो र बाढीको कारण घर जिल्लाको विभिन्न स्थानमा जोखिममा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको हो । विस्थापित हुनेमा सदरमुकाम बेनी स्थित कालीपुलका २७ जना, मालिका गाउँपालिका– ७ बिमका २४ जना र मंगला... पुरा पढ्नुहोस