ताजा अपडेट

म्याग्दीमा भारी हिमपात (फोटो फिचर)

म्याग्दी १४ पुस । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि हिमपात भएको छ । यस बर्षको यो पहिलो हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गयरातीदेखि परेको बर्षासंगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । म्याग्दीको धवलागिरी । मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली... पुरा पढ्नुहोस

म्याग्दी मिडिया सोसाईटीमा आबद्ध पत्रकारहरुको सामुहिक स्वास्थ्य बीमा (तस्बिर सहित)

बेनी, १४ पुस । म्याग्दी मिडिया सोसाईटीले जिल्लाका १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य बीमाका लागि लाग्ने जनही नगद रु ३ हजार ५ सय शुल्क तिरेर... पुरा पढ्नुहोस

झिँलाई बालश्रममुक्त वडा घोषणा

बेनी, १३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । मंगलवार आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । वडाभित्र गरिएको सर्वेक्षणमा कुनैपनि बालबालिकाहरु बालश्रममा... पुरा पढ्नुहोस

भिम बहादुर छन्त्यालद्वारा रितुङ्ग माविलाई रु १ लाख सहयोग

म्याग्दी १३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ खरिवोट निवासी भिम बहादुर छन्त्यालले स्थानीय रितुङ्ग माविलाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको छ । हाल अमेरिकामा रहनुभएका छन्त्याल गाउँ आउनु भएको अवसरमा उहाँका कान्छा हजुरवावा दल बहादुर छन्त्यालको स्मृतिमा बिद्यालयलाई सो रकम सहयोग गर्नु भएको बिद्यालयका प्रधानाध्यापक... पुरा पढ्नुहोस

सागको बीउको बजार नपाउँदा किसान चिन्तित

म्याग्दी, १३ पुष । निकै मिहेनत र परिश्रमका साथ उत्पादन गरेको बीउले बजार नपाउँदा म्याग्दीका किसान चिन्तित छन् । उत्पादित रायो सागको बीउले उचित बजार मूल्य नपाउँदा म्याग्दीका किसान चिन्तामा परेका हुन् । उचित मूल्य नपाएपछि उनीहरु बीउ उत्पादनका लागि रायो सागको खेती घटाउन थालेका छन् । अन्नपूर्ण गाउँपालिका–५ फलाते,... पुरा पढ्नुहोस

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिको समय र खर्चको बचत

  म्याग्दी, १३ पुस । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेपछि उपभोक्ता समितिको समय र खर्चको बचत भएको छ ।   गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ५ मल्कवाङ र ६ मराङका उपभोक्ता समितिलाई लक्षित गरेर सोमबारदेखि मराङबेँसीमा... पुरा पढ्नुहोस

अन्तिम संस्कारको रकम वचतगरी अक्षयकोष स्थापना

धु्रबसागर शर्मा म्याग्दी १३ पुस । प्रवासी नेपाली संघ (मोना) बेल्जियमले अन्तिम संस्कारको रकम वचत गरी मृतकको नाममा अक्षयकोष स्थापना गरेको छ ।म्याग्दी जिल्ला अन्नपुर्ण गाउँपालिका, पाउद्दार स्थाई घर भई हाल आन्ट्रपेन बेल्जियम बसोबास गर्दै आउनुभएका होमप्रसाद तिलिजा (दिपेन) को अल्पायुमै बेल्जियममा स्वर्गारोहण भएपछि बेल्जियम निवासी म्याग्देलीहरु मार्फत आर्थिक सहयोग... पुरा पढ्नुहोस

टोड्केबाट देखिने सूर्योदयको मनोरम दृष्य (फोटो कथा)

म्याग्दी १२ पुस । म्याग्दी जिल्लाको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के हिमशृङ्खला र सूर्योदयको अवलोकनका लागि प्रख्यात मानिन्छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनबढी हिमचुचुराहरुलाई एकै ठाउँबाट नजर लगाउन सकिने टोड्केमा विहानीको सूर्योदय मात्रै होइन साँझको सुर्यास्तको दृष्य समेत निकै लोभलाग्दो देखिन्छ । टोड्के... पुरा पढ्नुहोस

सडक र पुल लगायतका पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीले कोरला नाका प्रभावित

मुस्ताङ, १२ पुस । बेनी–जोमसोम–जोमसोम–कोरला सडकमा पुललगायत निर्माणमा भएको ढिलासुस्तीले अन्तरदेशीय व्यापारिक महत्वको कोरला नाका सञ्चालनको तयारी प्रभावित बनेको छ । यसबाट स्थानीयवासी र पर्यटकलाई आवतजावतमा समस्या भएको छ । आगामी चैत महिनामा निर्माणाधीन १२ पुलको ठेक्का सम्झौताको थपिएको समयसीमा सकिँदै छ । पर्वतको मालढुङ्गा, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम... पुरा पढ्नुहोस

प्रदेशस्तरीय हाजिरीजवाफमा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम

बेनी, १२ पुस । म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम भएको छ । सोमबार क्याम्पसमा भएको प्रतियोगितामा प्रदेशस्तबाट ५ वटा क्याम्पसको सहभागिता रहेको थियो । हाजिरीजवाफ प्रतियागितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम, धौलागिरी बहुमुखी क्यापम्स बागलुङ द्वितीय र म्याग्दी बहुमुखी... पुरा पढ्नुहोस