ताजा अपडेट

भरजुलामा खेलमैदान निर्माण

म्याग्दी, १० वैशाख । म्याग्दीको मंगला गाउँपालीका १ भरजुलामा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण भएको छ ।    साविक कुहुँ गाविस ७ मा पर्ने भरजुलामा रहेको आदर्श युवा कल्वको पहलमा श्रमदान बाहेक १६ लाख रुपैयाको लागतमा खेलमैदान निर्माण भएको हो । भिरालो पाखोलाई सम्माएर तिस मिटर लम्बाई र १७ मिटर चौडाई भएको... पुरा पढ्नुहोस

आँसुको मुल फुट्ने पक्का भो पञ्चेबाजा जापानमा बिमोचन हुँदै

 म्याग्दी, १० वैशाख । म्याग्दीको धौलागिरी गाँउपालिका अन्र्तगत पर्ने मल्कबाङ्गका लोकदोहोरी गाएक हिरा बुढाथोकी र म्याग्दीकै कलाकार सारा पुनको पञ्चेबाजा गीत  आँसुको मुल फुट्ने पक्का भो  बजारमा आउने भएको छ ।   गित रेकर्ड गरि म्युजीक भिडियो समेत तयार गरिएको सो गितको जापानमा बिमोचन हुने भएको छ । आगामी अप्रिल... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीकामा माओवादीका उमेद्वार घोषणा

म्याग्दी, ९ वैशाख । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालीकाले आगामी ३१ गते हुने स्थानीय तह निर्वाचनका उमेद्वारहरु शनिबार सार्वजनिक गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार पार्टी स्थापना तथा लेलिन दिवसको अवसर पारेर ठूलोबगरमा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालीकाको अध्यक्षमा कुलबिर राम्जाली र उपाध्यक्षमा लालकुमारी पुनको उमेद्वारी घोषणा भएको हो... पुरा पढ्नुहोस

वौद्ध बिहारको उद्घाटन

म्याग्दी, ९ बैशाख । बेनी नगरपालीका ७ मा निर्माण भएको वौद्ध बिहारको शनिबार उद्घाटन गरिएको छ ।     म्याग्दी वौद्ध संघले आयोजना गरेको कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महाअष्टबीरले उद्घाटन गर्नुभएको हो ।    उद्घाटन कार्यक्रममा सांसद रेशमबहादुर बानिया, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक बसुन्धरा... पुरा पढ्नुहोस

पुलाचौर र कुहुँमा राजमोको चुनाव प्रचार समिति गठन

राष्ट्रिय जनमोर्चा म्याग्दीले बेनी नगरपालीका ५ पुलाचौर र मंगला गाउँपालीका १ कुहुँमा वडा कमिटि गठन गरेको छ । प्रेमबहादुर दर्जीको अध्यक्षतामा पुलाचौरमा गठन भएको कमिटीको उपाध्यक्षमा हिराबहादुर दर्जी, सचिवमा हर्कबहादुर दर्जी, कोषाध्यक्षमा बलबहादुर दर्जी, सदस्यमा योगेन्द्र परियार र लक्ष्मी परियार रहनुभएको छ । यसैगरी कुहुँमा टेकमान रसाईलीको अध्यक्षतामा गठन भएको... पुरा पढ्नुहोस

बेनपा ९ मा राप्रपाको वडा कार्यसमिति गठन

बेनी नगरपालीका ९ मा शनिबार पूर्णबहादुर कार्कीको अध्यक्षतामा १९ सदस्यीय राप्रपाको वडा कार्यसमिति गठन भएको छ । कमिटिको उपाध्यक्षमा यामबहादुर बानिया, सचिवमा नगेन्द्र बस्नेत, कोषाध्यक्षमा क्षेत्रबहादुर चोखाल र सहसचिवमा अर्जुन खत्री रहनुभएको छ । सदस्यहरुमा गोकर्ण खत्री, सिता खत्री, जितबहादुर कार्की, रामबहादुर जिसी, चक्रप्रसाद शेरचन, कुलबहादुर बस्नेत, भिमबहादुर नेपाली, खिमबहादुर... पुरा पढ्नुहोस

जलजला गाउँपालीकामा निर्वाचनको तयारी

पर्वत, ९ वैशाख । पर्वतका सुरक्षा अधिकारीहरुको टोलीले शनिबार जलजला गाउँपालीकामा स्थानीय तह निर्वाचनको तयारी र सुरक्षा बस्तु अवस्थाको बारेमा अध्ययन गरेको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनी, प्रहरी नायव उपरिक्षक शेखर खनाल, जिल्ला निर्वाचन अधिकारी, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत कार्यालयका प्रमुखहरुको टोलीले गाउँपालीकाको कार्यालय मल्लाज... पुरा पढ्नुहोस

अपडेट : कागबेनीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो

 मुस्ताङ  ९ वैशाख । मुस्ताङको कागबेनीमा शनिबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।मुक्तिनाथ दर्शन गरेर जोमसोम तर्फ फर्कदै गरेका तिर्थयात्री चढेको ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । काठमाडौका ५५ वर्षिय भोला अधिकारी, ४५... पुरा पढ्नुहोस

माओवादी केन्द्रद्धारा बेनी नगरपालिका सहित चार स्थानीय तहका उम्मेदवार सार्वजनिक

म्याग्दी, ९ फागुन । नेकपा (माओवादी केन्द्र ) म्याग्दीले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट हुने उम्मेदवारहरु सार्वजनिकरण गरेको छ । जिल्लाको एक नगरपालिका सहित चार गाउँपालिकामा शनिवार चुनाबी कोण सभा मार्फत उम्मेदवारहरु सार्वजनिक गरेको हो । बेनी स्थित सहित स्मृति चोकमा आयोजित सभामा माओवादीले... पुरा पढ्नुहोस

ग्रीन डेभलपमेन्टद्धारा पोखरामा शाखा विस्तार

म्याग्दी, ९ वैशाख । बाग्लुङमा मुख्य कार्यालय रहेका ग्रीन डेभलपमेन्ट बैँकले पोखरामा शाखा विस्तार गरेको छ । उक्त शाखाको  शुक्रबार एक समारोहका बीच नेपाल राष्ट्र बैँकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले उदघटन गरेका हुन् । बैंकको दोश्रो शाखा म्याग्दी सदरमुकाम बेनीमा छ ।  बैँकको उद्घाटन गर्दै कायममुकायम गभर्नर सिवाकोटीले बैँकहरुले सामाजिक... पुरा पढ्नुहोस