ताजा अपडेट

बाढीले खानोपानीको पाइप बगाँउदा रत्नेचौरमा खानेपानीको अभाव

म्याग्दी, बैशाख ११ । बेनी नगरपालिका १ रत्नेचौरमा खानेपानीको  अभाव भएको छ। आइतबार परेको बर्षापछि आएको बाढीले सिचाइ नहर र पाइप  बगाएपछि  रत्नेचौरमा सिचाई र खानेपानीको  अवरुद्ध भएको हो । रत्नेचौरकोे लामाचौर भन्ने ठाउँमा ६० मिटर  खानेपानीको पाइप र सिचाई आयोजनाको नहर बगाएको थियो । खानेपानी आपुर्ती बन्द हुदाँ  रत्नेचौरका... पुरा पढ्नुहोस

चम्किदै युवा चित्रकार श्रीपाली

म्याग्दी, ११ बैशाख । तपाईको तस्बिर कसैले तुरुस्तै बनाउन सक्छ भन्दा विश्वास नलाग्न सक्छ । तर म्याग्दीका एक युवा चित्रकारले हरेक व्यक्तिको तस्बिर जस्ताको तस्तै तयार गर्न सक्छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानी घर भएका २२ बर्षिय युवा अमृत श्रीपालीले हरेक व्यक्तिको तस्बिर तयार गर्दै आएका छन् । बेनीमा कला... पुरा पढ्नुहोस

पक्राउ परेका सिलवाललाई रिहा गर्न सर्वोच्चको आदेश

बैशाख ११– बिहान पक्राउ परेका डिआईजी नवराज सिलवाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटउपर प्रधानन्यायाधीश सुशीला कार्कीको बेन्चले उनलाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई सर्वोच्चका रजिस्ट्रार नृपध्वज निरौलाको रोहबर र वरिष्ठ... पुरा पढ्नुहोस

विप्लब नेतृत्वको नेकपाद्धारा बेनीमा निर्वाचन प्रतिरोध जनसभामा शक्ति पर्दशन

म्याग्दी, १० वैशाख । स्थानीय तहको निर्वाचन बहिस्कार गरेको नेपाल कम्युनिष्ट पार्टीले आईतवार बेनीमा निर्वाचन बहिस्कार प्रतिरोध सभा गरेको छ । नेत्र विक्रम चन्द्र (बिप्लब) नेतृत्वको सो पार्टीले निर्वाचन बहिस्कार अभियान अन्र्तगत एकिकृत जनजागरण तथा प्रतिरोध सभा गरेको हो । सो पार्टीको धौलागिरी व्युरोको आयोजनामा भएको सभामा बोल्दै नेपाल कम्युष्टि... पुरा पढ्नुहोस

फुलमायाको उपचारका लागि ईटलीबाट ६५ हजार रुपैया सहयोग

म्याग्दी, १० बैशाख । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि ईटलीबाट ६५ हजार ४०० रुपैया सहयोग प्राप्त भएको छ ।     साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम धारापानी घर भई हाल ईटलीमा रहनुभएका रवीप्रकाश थापाको पहलमा संकलीत सो रकम आईतबार... पुरा पढ्नुहोस

प्रवासी गाउँलेद्धारा फेसबुक मार्फत सहयोग जुटाएर काउलेगौडामा खेलमैदान पुनःनिर्माण

म्याग्दी, १० वैशाख । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढीरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले आर्थिक संकलन गरि म्याग्दीका एक गाउँका प्रवासीहरुले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् । बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुननिर्माणमा प्रवासमा रहेका युवाहरुले मात्रै आर्थिक स्रोत जुटाएका हुन् ।... पुरा पढ्नुहोस

सबस्टेशन र प्रसारण लाईनको सुनिश्चिताले जलविद्युत आयोजनाको काम धमाधम

म्याग्दी, १० वैशाख । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी सवस्टेशन र प्रशारण लाईन निर्माण हुनेभएपछि कालीगण्डकी करिडोर क्षेत्रमा लामो समय रोकिएको जलविद्युत आयोजनाका कामले गति लिएको छ । म्याग्दी र मुस्ताङका आधा दर्जन जलविद्युत् आयोजनाहरु सबस्टेशन र प्रशारण लाइनको अन्र्योलताका कारण निर्माण चरणमा प्रवेश गरेपनि पूर्वाधार निर्माणको काम... पुरा पढ्नुहोस

मलेसियामा रहेका परियारले जुटाए दृष्टिविहीन दम्पतीका छोरीहरुलाई सहयोग

म्याग्दी, १० वैशाख । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका एक युवाले दृष्टिविहिन दम्पतीका छोरीहरुको अध्ययनको लागि सहयोग जुटाउनुभएको छ । हाल रोजगारिको शिलसिलामा मलेसियामा रहनुभएका आशिष परियार ( झिल्के)ले म्याग्दीको धौलागिरी गाउँपालिका –७ ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मीता विकका छोरीहरुको अध्ययनको लागि रु २३ हजार बढी सहयोग जुटाउनुभएको हो... पुरा पढ्नुहोस

कोरियाको भिसा प्रणाली परिवर्तन गर्दै, अब परिवार पनि लान पाउने

सोल, १० वैशाख । चौथो औद्योगिक क्रान्तिका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै कोरिया सरकारले भिसा प्रणालीलाई परिवर्तन गर्ने घोषणा गरेको छ। परिवर्तित भिसा प्रणाली अनुसार दक्ष विदेशीको कोरिया बसाई लम्बाउन उनीहरूका श्रीमान् ,श्रीमती वा अन्य परिवारका सदस्यलाई पनि कोरिया झिकाउन सक्नेछन्। यसरी झिकाइएका परिवारका सदस्यलेसमेत रोजगारी गर्न पाउनेछन्। तर... पुरा पढ्नुहोस

शान्ति कोषद्धारा पवित्रा बचाउ अभियान सुरु

म्याग्दी, १० वैशाख । म्याग्दीको बेनी नगरपालिका –४ तातोपानीकी पवित्रा खत्रीको उपचरामा परोपकारी संस्था ओमकुमारी शान्ति कोषद्धारा आर्थिक संकलन अभियान सञ्चालन भएको छ । फोक्सोमा पानी जमेको र कलेजोमा समेत खराबी देखिएपछि टिचिङ हस्पीटलमा उपचाररत खत्रीको सहयोगार्थ कोषले नन्दु पाईजाको संयोजकत्वमा पवित्रा बचाउ अभियान मार्फत सहयोग जुटाउन थालेको हो ।... पुरा पढ्नुहोस