म्याग्दीका सबै स्थानीय तहमा मतदान सुरु (फोटो फिचर)

  • ३१ बैशाख २०७४, आईतवार
  • कमल खत्री
  • 5756 पटक पढिएको

म्याग्दी, ३१ वैशाख । म्याग्दीका सबै स्थानीय तहमा आज विहान ७ बजेदेखि मतदान सुरु भएको छ । विहान ७ बजेदेखि सुरु भएको निर्वाचनको मतदान साभmँ पाँच बजेसम्म जारी रहनेछ । जिल्लाको सबै मतदान केन्द्रमा एकै समयमा मतदान सुरु भएको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक नगरपालिका र पाँच गाउँपालिका सहित ४५ वटा वडा रहेको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता छन् ।

निर्वाचनबाट नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख वडा अध्यक्ष र सदस्यहरु गरि कुल २३७ जना जनप्रतिनिधी निर्वाचीत हुनेछन् । म्याग्दीमा ७२ वटा निर्वाचन स्थलमा १०२ मतदात केन्द्रमा सर्वसाधारणले मतदान गरिरहेका छन् । यो निर्वाचनमा म्याग्दीका दुई दुई वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाइएको छ । बेनी सामुदायीक मावि र धौलागिरी मावि सिङ्गामा अपाङ्ग मैत्री मतदान केन्द्र बनाइएको हो ।

अशक्त तथा अपाङ्गता भएका मतदाताको सहजताका लागि अपाङ्गमैत्री मतदान केन्द्रको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो । जिल्लाका अन्य सबैजसो मतदान केन्द्रमा जेष्ठ नागरीक, सुत्केरी, बिरामी, अशक्त र अपाङ्गता भएका मतदातालाई लाईनमा नबसीकन मतदानमा सहभागि हुने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानको लागि आबश्यक सुरक्षा व्यवस्था समेत मिलाईएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । म्याग्दीमा २३७ जना जनप्रतिनिधि चयनको लागि ६०८ जना चुनाबी मैदानमा रहेका छन् । जिल्लाका चार स्थानीय तहमा दलहरुबिच तालमेल समेत भएको छ । अन्नपूर्ण र मालीका गाउँपालीका बाहेक चार वटा स्थानीय तहमा विभिन्न राजनितिक दलहरुले तालमेल गरेर उमेद्वारी दर्ता गरेका हुन् ।

काँग्रेस माओवादी बिच तालमेल भएको बेनी नगरपालीकामा नेपाली काँग्रेसका जिल्ला सचिव हरिकुमार श्रेष्ठले मेयर र माओवादी केन्द्रकी नगर कमिटि सहसचिव ज्योती लामिछानेले उपमेयरमा उमेद्वार बन्नुभएको छ भने एमाले राप्रपा गठबन्धनबाट नेकपा एमालेका जिल्ला सदस्य प्रमोद श्रेष्ठले प्रमुख र राप्रपाका जिल्ला सहसचिव सञ्जु बरुवालले उपप्रमुखमा उम्मेदवार बन्नुभएको छ ।

नेपाली काँग्रेस र माओवादी केन्द्रको तर्फबाट माओवादीका रिमप्रकाश थापा अध्यक्ष र काँग्रेसका डम्मर भण्डारीले उपाध्यक्षमा उमेद्वार बन्नुभएको धौलागिरी गाउँपालीकामा एमालेबाट थमसरा पुन प्रमुख पदमा उमेद्वार बन्नुभएको छ । मालीका गाउँपालीकामा काँग्रेसका श्रीप्रसाद रोका, एमालेबाट अध्यक्षमा बेगप्रसाद गर्बुजा र माओवादी केन्द्रले कमल केसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

मंगला गाउँपालीकामा काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेर माओवादीका चन्द्रप्रसाद बुढाथोकीलाई अध्यक्ष र काँग्रेसकी हुमाकुमारी फगामीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ भने मालेले सतप्रसाद रोकालाई अध्यक्ष र सिर्जना केसीले उपाध्यक्षमा उमेद्वार बनाएको छ । अन्नपूर्ण गाउँपालीकाको अध्यक्षमा काँग्रेसका डमबहादुर पुन , एमालेका नारायण पुन र माओवादी केन्द्रबाट कुलबिर राम्जाली अध्यक्ष पदको पत्योसी हुनुहुन्छ । रघुगंगा गाउँपालीकामा काँग्रेसबाट भवबहादुर भण्डारीले अध्यक्षमा उम्मेदवार बन्नुभएको छ भने एमाले र माओवादी केन्द्रले अध्यक्षमा एमालेका खिमबहादुर शाही र उपाध्यक्षमा माओवादी केन्द्रका हरि भण्डारीलाई उम्मेदवार बनाएका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l