मुस्ताङमा ८० प्रतिशत मत खस्यो,मतगणना भोली बिहान ८ बजे –

  • ३१ बैशाख २०७४, आईतवार
  • 1595 पटक पढिएको

हिमालपारी मुस्ताङका ५ स्थानीयतह अन्तर्गत ३७ मतदानकेन्द्रमा कुलमतदाता ८ हजार २ सय ६३ मध्ये ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारभ्कि अनुमान छ । मतदान सौहाद्रपूर्ण वातावरणमा संम्पन्न भएको छ ।

लोमान्थाङ गाउँपालिकामा ९० प्रतिशत ,दालोमे गाउँपालिकामा ८० प्रतिशत,बाह्गाउँ मूक्तिक्षेत्रमा ८० प्रतिशत,घरपझोङ गाउँपालिकामा ७८ प्रतिशत र थासाङ गाउँपालिकामा ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीयतह निर्वाचन २० वर्षको अन्तरालपछि हुन लागेको र स्थानीय निकाय अधिकार संम्पन्न हुने भएकाले पनि यसपटक निर्वाचन महत्वपूर्ण बनेको राष्ट्रिय प्रजातान्त्रिक यूवा संघका अध्यक्ष अजित थकालीले बताए ।उनले सिंह दरवारको अधिकार गाउँतह सम्म भएकाले राजनितिक दल र मतदातामा थप उत्साह बढेको बताए ।

भौगोलिक दृष्ट्रिकोणले बिकट हिमालपारी मुस्ताङका बिभिन्न स्थानबाट मतदान गर्न आफ्नो वडाको पायकको केन्द्रमा मतदान गर्न पूगेका थिए ।घरपझोङ ४ को जनहित मावि केन्द्रमा ९२ वर्षिय श्रीप्रसाद थकाली मतदान गरे ,सोही केन्द्रबाट मनमाया गुरुङले १२ मिनेटमा पहिलो मतदान गरेकी थिईन् ।लोमान्थाङ गाउँपालिकामा सोतन्त्र उम्मेदवार ईन्द्रधारा बिष्टले पहिलो मतदान गरेका थिए ।दालोमे गाउँपालिकाम प्रमुख र उपप्रमुख पदमा मात्र निर्वाचन भएको थियो ।दालोमे गाउँपालिकाको निर्वाचन दिउँसो २ बजे सकिएको थियो ।घरपझोङ गाउँपालिका वडा नं.५ मा सांसद श्रीमाया थकालीले पहिलो मतदान गरेकी थिईन्।

स्थानीयतहको निर्वाचनका दिन मुस्ताङमा उम्मेदवार र पत्रकारका सवारी साधन बाहेक संम्पूर्ण यातायातका सवारी साधन चल्न सकेनन्। भौगोलिक बिकटताका कारण मतपेटिका प्रत्येक गाउँपालिकाको केन्द्रमा आईपूग्न ढिलाईका कारण भोली बिहान ८ बजे मतगणना हुने प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाटीले जानकारी दिए ।

source : suchanakendra.com