म्याग्दीमा आईतवार हुने स्थानयि निर्वाचनको सबै तयारी पुरा

  • ३० बैशाख २०७४, शनिबार
  • 2117 पटक पढिएको

म्याग्दी, ३० बेनी । आईतबार हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा तयारी पुरा भएको छ । आईतवार विहान ७ बजेदेखि सुरु हुने निर्वाचन साभmँ पाँच बजेसम्म जारी रहनेछ । एक नगरपालिका र पाँच गाउँपालिका सहित ४५ वटा वडा रहेको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता छन् । वैशाख ३१ गतेको निर्वाचनबाट २३७ जना जनप्रतिनिधी निर्वाचीत हुनेछन् ।

म्याग्दीमा ७२ वटा निर्वाचन स्थलमा १०२ मतदात केन्द्र कायम भएको छ । निर्वाचनको लागि हरेक मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहितको निर्वाचन कर्मचारीहरुको टोलिले राजनीतक दलका स्थानीय नेताहरुसंगको सर्वदलीय बैठक गरी मतदाता परिचयपत्र वितरण गरिसकेका छन् भने मतदानको लागि आबश्यक पूर्वाधार समते तयार गरिसकिएको छ ।

मत बदर हुन नदिन मतदान स्थलमै मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गरिएको थियो । यो निर्वाचनमा म्याग्दीका दुई दुई वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाइएको छ । बेनी सामुदायीक मावि र धौलागिरी मावि सिङ्गामा अपाङ्ग मैत्री मतदान केन्द्र बनाइएको हो । अशक्त तथा अपाङ्गता भएका मतदाताको सहजताका लागि अपाङ्गमैत्री मतदान केन्द्रको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।

जिल्लाका अन्य सबैजसो मतदान केन्द्रमा जेष्ठ नागरीक, सुत्केरी, बिरामी, अशक्त र अपाङ्गता भएका मतदातालाई लाईनमा नबसीकन मतदानमा सहभागि हुने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानको लागि आबश्यक सुरक्षा व्यवस्था समेत मिलाईएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । म्याग्दीमा २३७ जना जनप्रतिनिधि चयनको लागि ६०८ जना चुनाबी मैदानमा रहेका छन् । जिल्लाका चार स्थानीय तहमा दलहरुबिच तालमेल समेत भएको छ । अन्नपूर्ण र मालीका गाउँपालीका बाहेक चार वटा स्थानीय तहमा विभिन्न राजनितिक दलहरुले तालमेल गरेर उमेद्वारी दर्ता गरेका हुन् ।

काँग्रेस माओवादी बिच तालमेल भएको बेनी नगरपालीकामा नेपाली काँग्रेसका जिल्ला सचिव हरिकुमार श्रेष्ठले मेयर र माओवादी केन्द्रकी नगर कमिटि सहसचिव ज्योती लामिछानेले उपमेयरमा उमेद्वार बन्नुभएको छ भने एमाले राप्रपा गठबन्धनबाट नेकपा एमालेका जिल्ला सदस्य प्रमोद श्रेष्ठले प्रमुख र राप्रपाका जिल्ला सहसचिव सञ्जु बरुवालले उपप्रमुखमा उम्मेदवार बन्नुभएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रको तर्फबाट माओवादीका रिमप्रकाश थापा अध्यक्ष र काँग्रेसका डम्मर भण्डारीले उपाध्यक्षमा उमेद्वार बन्नुभएको धौलागिरी गाउँपालीकामा एमालेबाट थमसरा पुन प्रमुख पदमा उमेद्वार बन्नुभएको छ ।

मालीका गाउँपालीकामा काँग्रेसका श्रीप्रसाद रोका, एमालेबाट अध्यक्षमा बेगप्रसाद गर्बुजा र माओवादी केन्द्रले कमल केसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । मंगला गाउँपालीकामा काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेर माओवादीका चन्द्रप्रसाद बुढाथोकीलाई अध्यक्ष र काँग्रेसकी हुमाकुमारी फगामीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ भने मालेले सतप्रसाद रोकालाई अध्यक्ष र सिर्जना केसीले उपाध्यक्षमा उमेद्वार बनाएको छ । अन्नपूर्ण गाउँपालीकाको अध्यक्षमा काँग्रेसका डमबहादुर पुन , एमालेका नारायण पुन र माओवादी केन्द्रबाट कुलबिर राम्जाली अध्यक्ष पदको पत्योसी हुनुहुन्छ । रघुगंगा गाउँपालीकामा काँग्रेसबाट भवबहादुर भण्डारीले अध्यक्षमा उम्मेदवार बन्नुभएको छ भने एमाले र माओवादी केन्द्रले अध्यक्षमा एमालेका खिमबहादुर शाही र उपाध्यक्षमा माओवादी केन्द्रका हरि भण्डारीलाई उम्मेदवार बनाएका छन् ।