बेनीबजार किन भयो सुनसान

  • ३१ बैशाख २०७४, आईतवार
  • 3920 पटक पढिएको

म्याग्दी,३१ बैशाख । आइतबारपनि बेनीबजार सुनुसान जस्तै छ । स्थानीय निर्वाचनमा भाग लिनका  लागि आ–आफ्नो मतदान केन्द्रमा मतदान गर्न सर्वसाधारण गएपछि बेनीवजार सुनसुान बनेको हो ।


म्याग्दीको सदरमुकाम बेनीबजार सधै मानिसहरुको भिड र सवारीको चाप भईरहने बजार आइतबार मात्र होइन शनिबार देखिनै मानिसहरुको चाप ह्वातै घटेको थियो ।


निर्वाचनमा मतदान गर्न बेनीबजारका मात्र होइन् पोखरा काठमाण्डौ लगायतको सहरबाट पनि गाउँ–गाउँमा मतदान गर्न आएका छन् ।
जिल्ला प्रशासनबाट अनुमति नलिएका सवारी साधनलाई पुणरुपमा आइतबार बन्द गरिएको थियो । निर्वाचनलाई सफल बनाउन प्रशासनले सुरक्षालाई ध्यानमा राख्दै सवारी साधन बन्द गरेको हो  ।

बन्द प्रभाव संगै ब्यवासायीहरु शनीबारनै पसल बन्द गरेर मतदान केन्द्रतिर लागेका थिए ।