ताजा अपडेट

चिमखोले भूमे पूजा मेला सम्पन्न

म्याग्दी १२ वैशाख । रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमे पुजा–२०७३ अवसरमा स्थानिय मण्डली युवा कल्बद्धारा आयोजित विविध खेलकुद तथा साँस्कृतिक प्रतियोगिताहरुको आईतबार समापन भएको छ । मेलामा पहिलो दिन चैत्र २९ गते परम्परागत भूमे पुजा तथा महिला–पुरुष भलिबल , पुरुष बास्केटबल , तारो खेल ,छेलो तथा आँगन प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना... पुरा पढ्नुहोस

म्याग्दीका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बेनी १२ बैशाख । म्याग्दीका स्थानीय तह स्तरमा मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचन सम्बन्धि गतिबिधी सञ्चालनका लागि पाँच वटा गाउँपालीकामा कार्यालय स्थापना भएको हो ।     मालीका गाउँपालीकाको दरवाङ, मंगलाको बाबियाचौर, धौलागिरीको मुना, रघुगंगाको पाखापानी र अन्नपूर्णको घारमा निर्वाचन... पुरा पढ्नुहोस

निर्वाचन सुरक्षालाई म्याग्दीमा शसस्त्र प्रहरीको टोली परिचालन

बेनी १२ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सघाउन बेनीमा शसस्त्र प्रहरीको मद्दत टोली परिचालन भएको छ । कुश्मामा रहेको शसस्त्र प्रहरीको चण्डीका गणले निर्वाचन प्रयोजनका लागि बेनीमा अस्थाई क्याम्प राखेर परिचालन भएको हो । म्याग्दीमा शसस्त्र प्रहरीको उपस्थिती नभएकाले आवश्यक परेको अवस्थामा कुश्माबाट... पुरा पढ्नुहोस

उमेद्वार बन्न शिक्षक पदबाट राजिनामा

म्याग्दी, १२ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा उमेद्वार बन्न म्याग्दीका दुई जना शिक्षकले राजीनामा दिएका छन् । बेनी नगरपालीका ४ सिंगाको धौलागिरी माविका गोविन्दप्रसाद पौडेल र बेनपा ५ को गणेश प्राबिका शिक्षक लक्ष्मण बानियाले उमेद्वार बन्नका लागि राजीनामा दिनुभएको हो । नेकपा एमालेले पौडेल र बानियालाई बेनी नगरपालीकाको ४... पुरा पढ्नुहोस

म्याग्दीका कृषकक बोयर जातको बाख्रापालनप्रती आर्कषण

म्याग्दी १२ बैशाख । म्याग्दीका कृषकहरुको बोयर जातको बाख्रापालनप्रती आर्कषण बढेको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले ब्यवसायीक कृषकहरुले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका हुन् ।    आम्दानीको हिसाबले बोयर जातको बाख्रापालन फलदायी हुने बेनी नगरपालीका ३ भकीम्लीको श्रीस पशुपालन तथा बहुउद्देश्यिय कृषि फार्मका सञ्चालक धनबहादुर श्रीसले... पुरा पढ्नुहोस

जेठ १५ मा बजेट ल्याउन आयोगले नरोक्ने

काठमाडौं,१२ बैशाख  – सरकारलाई जेठ १५ मा नयाँ आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोलेको छ । दुई चरणमा गरिने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले संबैधानिक प्रावधान अनुसार जेठ १५ मा बजेट ल्याँउनुपर्ने ब्यवस्था भएकोले निर्वाचन आचारसंहिता नलाग्ने स्पष्ट पारेका छन्... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको मेयरमा काँग्रेसबाट हरिकुमार श्रेष्ठको उम्मेदवारी पक्का

म्याग्दी, ११ वैशाख । नेपाली काँग्रेसले बेनी नगरपालिकाको मेयरमा जिल्ला सचिब हरिकुमार श्रेष्ठलाई उम्मेद्वार बनाउने भएको छ । नेपाली काँग्रेस बेनी नगर समितिले श्रेष्ठसहित पूर्व सहसभापति एवँ महासमिति सदस्य नेत्र महत र सचिब क्या. मिनबहादुर कार्कीलाई मेयरको उम्मेद्वार बनाउने सिफारिश गरेको थियो । काँग्रेस जिल्ला कार्य समितिले मेयरको उम्मेद्वार टुगो... पुरा पढ्नुहोस

कुनै सुविधा लिन्नः डमबहादुर पुन

म्याग्दी, ११ वैशाख । अन्नपूर्ण गाउँपालिकाका प्रमुखलाई नेपाली काँग्रेसका उम्मेद्वार क्या.डमबहादुर पुनले गाउँपालिकाको प्रमुखमा निर्वाचित भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने बताएका छन् । चुनाबी अभियानका क्रममा गाउँपालिका अन्र्तगत दोसल्लेमा आयोजित सभालाई सोमबार सम्बोधन गर्दै पुनले यस्तो घोषणा गरेका हुन् । घोरेपानीका सफल पर्यटन व्यवसायी र अवकाश प्राप्त भारतीय... पुरा पढ्नुहोस

म्याग्दीमा वाईसियल परिचालन यसरी हुँदैछ चुनावका लागि

म्याग्दी । नेकपा (माओवादी केन्द्र) निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लीग नेपाल, म्याग्दीले स्थानीय चुनावमा राता मान्छेहरु परिचालन गर्ने रणनीती बनाएको छ । आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको पूर्वसन्ध्यामा २ सय भन्दा बढी युवालाई राजनैतिक तथा शारीरिक प्रशिक्षण समेत दिएको छ । गत बैशाख ४ गतेबाट म्याग्दीको... पुरा पढ्नुहोस

बहराइनमा कोषको एकसय आजिवन सदस्य

म्याग्दी । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आजिवन सदस्यता लिनेको संख्या उत्साहजनक रुपमा अगाडि बढेको छ । कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियान अन्तर्गत बहराईनमा रहेका म्याग्देलीहरु मध्ये एक सय जनाले आजिवन सदस्यता लिएका छन् । म्याग्दी उद्धार समिति बहराईनका उपाध्यक्ष लोक राम्जालीका अनुसार बहराईनमा रहेका म्याग्देलीहरुबाट कोषको... पुरा पढ्नुहोस